आगलागी भएको पार्टी कार्यालयमा मर्मत गदै एमाले कार्यकर्ता

0
179

चन्द्रपुर – गत भदौ २४ गते जेनजीका आन्दोलनकारीले आगो लगाएको नेकपा एमाले चन्द्रनिगाहपुरको पार्टी कार्यालयको मर्मतको लागी कार्यकर्ता आफै जुटेका छन । आन्दोलनकारीले चेनगेट देखी भित्र रहेको सम्पुर्ण फर्निचर तथा भवनमा आगजनी गरेका थिए । कार्यालयको दराज,कुर्सी लगायतका फर्निचरका समानहरु खरिद गर्नको लागी एमाले कार्यकर्ताहरुले स्वत स्र्फुत रुपमा सहयोग जुटाउन लागि परेका छन ।
कार्यालय मर्मत तथा संचालनको लागी पार्टीको अगुवा नेता तथा कार्यकर्ताहरुको बसेको बैठकले गत २३ र २४ गते भएको घटनाको खेद ब्यक्त गरेको छ ।
बैठकमा नेकपा एमाले मधेश प्रदेशका सचिवालय सदस्य बिर बहादुर गोले,प्रदेश सदस्य जित बहादुर बिक,जिल्ला कमिटि सचिब बाबुराम दाहाल,एमाले अगुवा नेता खडग बहादुर बम्जन,कृष्ण तिमलसिना,अमर आले,अखिलेश्वर चौधरी,लक्ष्मी कोइराला,भरत प्रसाद अधिकारी,जिल्ला कमिटिका सदस्यहरु शम्भु खडका,नरेन्द्र राना,नौतम पोखरेल,रमेश गोले,लोकनाथ पहाडी,बाल कुमार लामा,रन्जु वाईवा,पुर्व प्रदेश कमिटि सदस्य हरीबंश आचार्य, प्रेस चौतारीका रौतहट अध्यक्ष अशोक कुमार पहाडी,एमाले नेता राम बहादुर घलान,पार्टीका चन्द्रपुर नगर कमिटिका निर्बतमान उपाध्यक्ष राजेन्द्र तिवारी,युवा नेता बिकाश तिमलसिना,हर्क परियार,कुमार लामा,गोपिनी पौडेल, सुर्य बहादुर वाईवा लगायत नेताहरुको सहभागिता रहेको थियो ।
बढदो चुनौतीलाइ मध्यनजर गदै नियमित कार्यालय संचालनको लागी सहयोग जुटाउन लागिएको एमालेका नेता अमर आलेले बताउनु भएको छ । आन्दोलनकारीले पार्टी कार्यालय भित्रै आगो लगाएका थिए भने सम्पुर्ण फर्निचर जलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here