चन्द्रपुर-गत भदौ २४ गते जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी कार्यालयहरुको आज जनप्रतिनिधिहरुले अनुगमन गरेका छन । रौतहट क्षेत्र नं. ४ का निर्बतमान संघिय संसद देब प्रसाद तिमलसिना,चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले सहितको जनप्रतिनिधिहरुको टोलीले चन्द्रपुर नगरक्षेत्र भित्र रहेका क्षतिग्रस्त सरकारी कार्यालयहरुको अनुगमन गरेका हुन । टोलीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,चन्द्रपुर नगरपालिकाको कार्यालय,डिभिजन वन कार्यालय,डिभिजन सडक कार्यालय लगायतको अनुगमन गरेका थिए ।
आन्दोलनकारीले चन्द्रपुर नगर क्षेत्रभित्र रहेको सरकारी कार्यालयको भवन ध्वस्त बनाएका छन । चन्द्रपुर नगरपालिकाको मात्रै करिब ३ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ भने इलाका प्रहरी कार्यालयमा करिब साडे २ करोडको क्षति भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले क्षतिको बिबरण संकलन गरिरहेको छ ।
आन्दोलनले अपुरणिय क्षति पुगेको निर्बतमान संघिय संसद देब प्रसाद तिमलसिनाले बताएका छन । नेपाली जनताको करबाट बनाएको सरकारी भवन यसरी क्षति गर्नु एकदमै गलत भएको तिमलसिनाको धारणा छ ।यस्तै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नगरपालिकाको भवनमाथि गरिएको क्षति एकदमै अमानबिय ब्यबहारबाट भएको बताएका छन । नगरपालिकाको सम्पुर्ण भौतिक तथा कागजपत्र नष्ट भएको हुदा काम कार्वाहीमै समस्या आएको नगर प्रमुख काफ्लेको धारणा छ ।
अनुगमनमा पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकर,वाड अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नेपाली कांग्रेसका रौतहट क्षेत्र नं. ४ का क्षेत्रिय सभापति तथा बृन्दावन नगरपालिकाका पुर्व नगर प्रमुख रामस्नेही यादब,कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरी लगायतको सहभागिता रहेको थियो ।






