चन्द्रपुर,७ असोज
रौतहटको चन्द्रनिगाहपुरमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १७ औ स्थापना दिवस केट काटेर मनाएको छ । मंगलबार रौतटहको चन्द्रनिगाहपुरमा आयोजित स्थापना दिवशका प्रमुख अतिथि एवं संबिधान सभा सदस्य रामकुमार भट्टराईले शेयर सदस्यहरुको भाबना अनुरुप सहकारी संस्थाहरु संचालन हुनेपर्ने बताउनु भएको छ ।
संबिधान सभा सदस्य भट्टराईले बिधि र बिधान बिपरित संचालन भएका सहकारीहरुमा मात्रै समस्या आएको र कानुन अनुसार संचालनमा आएका सहकारीहरुमा कुनै किसिमको समस्या देखिएको समेत बताउनु भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर खड्का को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम, संस्थाका सल्लाहकार सपुत बहादुर कार्की,मुलघर कृषि सहकारी संस्था सिन्धुरेघारीका अध्यक्ष महेन्द्र चौलागाई लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
स्थापना दिवशको अबसरमा अध्यक्ष खडकाले एकिकृत साकोस राज्यको नियम र कानुन बाहेक एक इन्च पनि दायाबाया भएर काम नगरेको र आउदा दिनहरुमा पनि नगर्ने बताउनु भएको छ । शेयर सदस्यहरुको सल्लाह र सुझाब अनुसार नै एकिकृत साकोस संचालन हुदै आएको समेत अध्यक्ष खडकाले बताउनु भएको छ ।
स्थापना दिवशको कार्यक्रममा स्वागत मन्तब्य लेखा तथा सुपरिवेक्षण समिती सयोजक ऋषव आचार्यले गर्नु भएको थियो भने सञ्चालन सचिब जगदिप चौधरीले गर्नु भएको थियो । कार्यक्रममा सस्थाका सन्चालक,लेखा समिति ,सल्लाहकार ,उपसमिति सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिति रहेको थियो ।






