चन्द्रपुर,२४ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ साधरण सभा शुक्रबार सम्पन्न भएको छ ।उक्त साधरण सभाको संस्थाकी ९६ बर्षिय जेष्ठ सदस्य पुर्णि तामाङले दियोमा बत्ती बालेर उदघाटन गर्नुभएको थियो ।
उक्त साधरण सभामा संस्थाकी शेयर सदस्य तथा पुर्व संसद कल्याणी कुमारी खडकाले नव बिकाश बचत तथा ऋण सहकारी संस्था बिधि र बिधान अनुरुप संचालन भएकै कारण मधेश प्रदेशमै उत्कृष्ठ हुन पुगेको बताउनु भएको छ । उहाले बचत गर्दा विश्वासीलो र भरपर्दो सहकारी संस्थाहरुमा मात्रै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार देब बहादुर सापकोटा,सल्लाहकार खडग कुमार मैनाली,दुर्गा प्रसाद चिमोरिया,कानुनी सल्लाहकार बिपिन गौतम,चन्द्रपुर नगरपालिका वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी लगायतले शुभकामना तथा संस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।
साधरण सभामा संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले संस्थाको काम कार्वाहीमा कमिकमजोरी भए शेयर सदस्यहरुलाइ सुझाब दिन समेत आग्रह गर्नुभएको थियो । उहाले संस्थाको गतिबिधि बारेमा समेत शेयर सदस्यहरुलाइ जानकारी गराउनुभएको थियो । मधेश प्रदेशकै उत्कृष्ठ सहकारीको रुपमा पुरस्कृत भइसकेको यस संस्थाले हाल सहकारी क्षेत्रमा देखिएका बिकृती बिसंगतिलाइ सहकारीकै माध्यमबाट परास्त गर्नुपर्ने अध्यक्ष तिवारीले धारणा राख्नुभएको थियो ।
साधरसभामा संस्थाका सचिब दिनेश मैनालीले बार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष कुलशेखर पहाडीले आर्थिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो । यस्तै सस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बेद प्रसाद गौतमले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष बिमला ढकाल गौतमले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा महिला उपसमितिकी सदस्यद्धय किरण रेग्मी र रमिता उप्रेतीले खादा ओडाएर अतिथिहरुलाइ स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बर्षको उत्कृष्ठ नियमित बचतकर्ता तथा सार्वधिक बचतकर्ता दुर्गा प्रसाद चिमोरिया,निलम कुमारी साह लगायतलाइ अध्यक्ष तिवारीले सम्मान गर्नुभएको थियो । सभामा उत्कृष्ठ कर्मचारी इन्दिरा गेलाल,उत्कृष्ठ ऋणीहरुलाइ समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष राजेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न साधरण सभाको संचालन संस्थाका सचिब दिनेश मैनालीले गर्नुभएको थियो भने संस्था सम्बन्धी प्रश्नोत्तर कार्यक्रम शिक्षा उपसमितिका सदस्य बाल बिक्रम कार्कीले संचालन गर्नुभएको थियो । सभामा शेयर सदस्यहरु,पुर्व संचालकहरु,संचालकहरु,बिभिन्न उपसमितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।






