ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाइ फर्निचर सहयोग

0
227

चन्द्रपुर,२७ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ६ को कार्यालयले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई फर्निचर सहयोग प्रदान गरिएको छ । वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसीले आज सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई २ थान कुर्सी र २ थान टेवल सहयोग प्रदान गर्नुभएको हो । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनले ध्यस्त भएको इलाका प्रहरी कार्यालयलाइ कार्य सम्पादनमा सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको वार्ड अध्यक्ष केसीले बताउनु भएको छ । सहयोग हस्तान्तरण गदै वार्ड अध्यक्ष केसीले यो बिपतको घडीमा सबैलाइ सकेको सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
फर्निचर बुझदै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रुपा लाबुङले स्थानियको सहयोगबाट नै भवन मर्मत भएको र यस्ता किसिमको सहयोगले काम गर्न सहज हुने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here