चन्द्रपुर,२७ असोज
बजाज कम्पनीले रौतहटको चन्द्रनिगाहपुरमा आज सोमबार देखी मोटरसाइकल साटासाट अफर शुरु गरेको छ । बजाज कम्पनीको चन्द्रनिगाहपुर डिलरका आधिकारीक बिक्रेता राधाकृष्ण टेड्रर्स एण्ड सप्लायर्सले आज देखि चन्द्रनिगाहपुरमा मोटरसाइकल साटासाट अफर शुरु गरेको हो । यो अफर अन्र्तरगत जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएपनि बजाज कम्पनीको मोटरसाइकल साटेर लान सकिने चन्द्रनिगाहपुर डिलरका आधिकारीक बिक्रेता राधाकृष्ण टेड्रर्स एण्ड सप्लायर्सका संचालक मनिष जयसवालले जानकारी दिनुभएको छ । साटन ल्याइएका मोटरसाइकलको न्युनतम ३० हजार र अधिकतम मोटरसाइकलको अबस्था हेरेर उचित मुल्याङकन गरिने समेत संचालक जयसवालले बताउनु भयो । तोकिएको मुल्यमा बजाज कम्पनीले नगद १० हजार थपेर मुल्याङकन गर्ने समेत उहाँको भनाई रहेको छ । यो अफर आउदो कार्तिक २ गते सम्म संचालन गरिने जयसवालले जानकारी दिनुभएको छ । मोटरसाईकल साटासाट कार्यक्रममा बजाज कम्पनीको बिभिन्न मोडलका मोटरसाइकलहरु किस्ताबन्दीमा समेत बिक्री बितरणको सुबिधा रहेको जयसवालले बताउनु भयो । यो बजाज कम्पनीको मोटरसाइकलको साटासाट अफर कार्यक्रम चन्द्रनिगाहपुरको ईलाका प्रहरी कार्यालय अगाडी तराई ईन होटल नजिक संचालन भइरहेको छ । मोटरसाइकल साटासाट अफर शुरु अन्र्तरगत बिभिन्न किसिमका सुबिधाहरु पनि प्रदान गरिने संचालक जयसवालले जानकारी दिनुभएको छ ।






