गरुडा,१ कार्तिक
रौतहटको शिवनगरको झाझ खोलामा आज शनिबार दिउसो नुहाउन गएका एकैघरका दुई बालक दाजुभाइको डुबेर मृत्यु भएको छ ।
गरुडा न.पा.–५ शिव मन्दिर स्थित झाझखोलामा नुहाउन गएका देवाही गुनाही नगरपालिका वार्ड नं. ३ घर भइ शिवनगरमा बस्दै आएका संजिब साहको १० बर्षिय छोरा निरज साह र संजिब साहको दाइ राजकिशोर साहको १० बर्षिय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजु कार्कीले जानकारी दिनुभएको छ ।
दुबै बालक झाझ खोलामा डुबेको अवस्थामा स्थानियले देखी उद्दार गरी शिवनगर स्थित संजिवनी अस्पतालमा उपचारको लागी ल्याउदा चिकित्सकले चेकजाच गर्दा मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनु भएको छ । केही दिन अगाडी गौरमा एकै स्थानमा ३ जना बालिकाको डुबेर ज्यान गएको थियो ।






