रौतहटमा बढे मतदाता

0
117

गौर,२८ असोज
२०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछाडी रौतहटमा ६ हजार आठ २ भन्दा बढी मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछाडी हाल सम्म रौतहटमा ६ हजार २ सय मतदाता थपिएको पाइएको छ । २०७९ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछाडी पुरुष ४ हजार १ सय ७४ र महिला २ हजार ६४ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।
हाल सम्म रौतहटमा पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना गरी ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको कार्यालय प्रमुख दासले बताउनु भएको छ ।
२०७९ को निर्वाचनमा रौतहटमा पुरुष २ लाख २७ हजार २ सय २९जना र महिला १ लाख ८८ हजार २ सय २५ जना र एक जना तेश्रो लिंगी सहित ४ लाख १५ हजार ४ सय ५५ जना मतदाता रहेका थिए ।
सरकारले २०८२ फागुण २१ गते निर्वाचन घोषणा गरेपछि गत असोज १० गतेपछि असोज २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामाबली दर्ता गरेको दासले जानकारी दिनुभयो ।जसमा १६ बर्ष उमेर पुगेका नागरिकता प्राप्त नागरिकहरुले समेत मतदाता परिचयपत्रको लागी नाम दर्ता गराएका छन । अहिले जिल्ला निर्वाचन कार्यालय रौतहटले २ वटा स्टल राखेर जिल्ला निर्वाचन कार्यालय गौरमा मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामाबली दर्ता गरिरहेको कार्यालय प्रमुख दासले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here