रौतहट,१८ कार्तिक
रौतहटमा अबिरल बर्षाले आएको बाढीबाट कृषि बालीमा ठुलो क्षति पुराएको छ । कृषि ज्ञान केन्द्र रौतहटले दिएको जानकारी अनुसार गत असोज १७ देखी १९ गते सम्म आएको अबिरल बर्षाको बाढीले रौतहटमा १७ हजार ६ सय ३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुराएको छ । अबिरल बर्षा पछि रौतहटको बकैया नदी र बागमती नदिले बाध कटान गरेपछि पसेको बाढीले धानबालीमा ठुलो क्षति पुराएको हो ।
अनुसार रौतहटमा बाढीले १७ हजार ६ सय ३८ हेक्टर खेतको धानबाली,१ हजार आठ सय ४ हेक्टर क्षेत्रफलको उखुबाली,६ सय ८५ हेक्टरको तरकारी,४ सय ७ हेक्टरको फलफुलबाली र ५ सय हेक्टर अन्य बालीमा क्षति पुराएको कृषि ज्ञान केन्द्र रौतहटका निमित्त कार्यालय प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले जानकारी दिएका छन ।
रौतहटको १८ वटै पालिकाहरु संग समन्वय गरेर क्षतिको बिबरण संकलन गरिएको प्रमुख कुर्मीले बताए । बाढीले सबैभन्दा बढी राजदेबी,परोहा,राजपुर,माधब नारायण,गढीमाई,इशनाथ,मौलापुर नगरपालिका र दुर्गाभगबती गाउपालिका लगायतमा क्षति पुराएको कुर्मीले जानकारी दिए ।
क्षतिको बिबरण जिल्ला प्रशासन कार्यालय रौतहटलाइ बुझाइ सकेको र राहतको लागी कुरा भइरहेको समेत उनले बताएका छन । रौतहटको करिब ५१ हजार धान खेती योग्य जमिन मध्ये ३८ हजार ५ सय हेक्टरमा धान बाली लगाइएको समेत कार्यालय प्रमुख कुर्मीले बताएका छन ।
जसमा बाढीले १ हजार ६ सय ३८ हेक्टर खेतको धानबालीमा क्षति पुराएको कुर्मीको भनाइ छ । यही तथ्याङक अनुसार सो क्षेत्रफल खेतमा ७४ हजार मेट्रिकटन धान उत्पादन घटने भएको छ । राहत सिधै किसानको नाममा दिनेगरी छलफल भइरहेको समेत प्रमुख कुर्मीले जानकारी दिएका छन । यस अघि किसानको नाममा आएको राहत स्थानिय पालिकाको नाममा दिनेगरेको र पालिकाले सो रकम दुरुपयोग गर्ने गरेको र वास्तबिक किसानले राहत नपाएको गुनासो बढेको कारण अब किसानको नाममा कसरी दिने भन्ने बारे छलफल भएको समेत उनले बताए ।
यसैबिच दुर्गा भगबती गाउपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाडो भन्दा चाडो उपलब्ध गराउन माग गरेका छन । किसानले खान रोपेको धान सबै बाढीले नष्ट गरेको र किसानलाइ खान नै अभाब रहेको अबस्थामा सरकारले राहत चाडो भन्दा चाडो दिनुपर्ने अध्यक्ष सिंहले बताए । बाढीले रौतहटका करिब साडे ४ सय घर परिवार बिस्थापित भएका थिए ।
यसैगरी पछिल्लो पटक आएको बर्षाले पनि किसानलाइ नराम्रो संग क्षति पुराएको छ । भित्राउने बेलाको धान बर्षाले भिजाएपछि किसानहरु चिन्तित बनेका हुन । बर्षाले किसानहरुले धान भित्राउन नपाएको बृन्दावन १ का किसान शिव मंगल पटेलले गुनासो गरेका छन । खेतमा काटेर राखेको धान सबै बर्षाले डुबाएको पटेलले जानकारी दिए ।






