महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने सन्तपुर मेला शुरु

0
95

रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ८ सन्तपुरमा ४८ औं सामाचाकेवा महोत्सव तथा श्री कार्तिकश कुंवर मेला २०८२ आज शुक्रबार देखी औपचारिक रुपमा शुरु भएको छ । परम्परागत रुपमा संचालन हुदै आइरहेको उक्त सात दिने सामाचाकेवा मेलाको उदघाटन चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले गर्नुभएको थियो । मेलाको उदघाटन गर्नुुहुदै नगर उप प्रमुख चौधरीले मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने ४८ औं सामाचाकेवा महोत्सव तथा श्री कार्तिकश कुंवर मेला सदभाबको मेला भएको बताउनु भएको छ । उप प्रमुख चौधरीले यो ऐतिहासिक मेला सब्य र भब्य रुपमा संचालनको कामना गदै शुभकामना ब्यक्त गर्नुभएको थियो । मेलामा चन्द्रपुर नगरपालिका वार्ड नं. ८ का वाडाध्यक्ष जितेन्द्र चौधरीले मेलाले सामाजिक सद्भाव र परम्परागत संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैलाई सहभागी हुन गर्नुभएको छ ।
मेलामा धार्मिक कार्यक्रमसँगै विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी र स्थानीय उत्पादनका स्टलहरू समेत राखिएका छन्। यो मेला आगामी २८ गतेसम्म सञ्चालन हुने अध्यक्ष कमलेश चौधरीले जानकारी दिनु भएको छ । मेला उदघाटन कार्यक्रमममा आयोजक टिमका उपाध्यक्ष जलेंद्र चौधरी ,सचिव धर्मेन्द्र चौधरी ,कोषाध्यक्ष सुधिर कुमार चौधरी ,चन्द्रपुर ६ का वडाध्यक्ष सहदेव केसी ,५ का वडाध्यक्ष निलहरि कोइराला ,७ का वडाध्यक्ष विष्णु बहादुर उप्रेती लगायत स्थानिय बुद्धीजिबी भद्रभलादमीको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन प्रमोद चौधरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here