एमाले नेतृत्वमा ओलीको बिकल्प छैन— एमाले अगुवा नेता

0
281

चन्द्रपुर,२२ कार्तिक
नेकपा एमाले चन्द्रपुर ४ चन्द्रनिगाहपुर रौतहटका अगुवा नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेको आगामी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको बिकल्प नभएको बताएका छ । आज शनिबार चन्द्रनिगाहपुरको पार्टी कार्यालयमा आयोजित वार्ड स्तरीय जनभेलामा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुले यस्तो बताएका हुन । जनभेलामा बोल्दै चन्द्रपुर ४ का एमाले अगुवा नेता प्रेम प्रसाद तिमलसिनाले अहिलेको बिषम परिस्थीतीमा पार्टी नेतृत्वमा ओलीको बिकल्प नभएको बताउनु भयो ।
पार्टी अध्यक्ष ओलीको प्रधानमन्त्रीकालमा देशमा भएका बिकाशहरुको बारेमा आम नागरिकहरुलाइ जानकारी गराउन नसक्दा जेन्जी आन्दोलन भएको समेत तिमलसिनाको धारणा रहेको छ । एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीकालमा देश बिकाशले धेरै फडको मारेको कुरा आम नागरिकलाइ जानकारी गराउन नसक्नु पार्टी नेता तथा कार्यकार्ताको कमजोरी भएको तिमलसिनाले बताउनु भएको छ । आउदो ११ औ महाअधिवेशनबाट पनि पार्टी नेतृत्वको लागी ओलीको कुनै बिकल्प नभएको समेत उहाले प्रष्ट पार्नुभएको छ ।
यसैगरी अर्का एमालेका अगुवा नेता जगरनाथ अधिकारीले पार्टी अध्यक्षमा ओली र्निबिकल्प भएको बताउनु भयो । यसअबस्थामा अरुले चाहना राख्नु र ओलिको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत पुराना नेता अधिकारीको धारणा छ । उक्त जनभेलामा नेकपा एमाले रौतहट जिल्ला कमिटिका सचिब बाबुराम दाहाल, पुर्व प्रदेश सदस्य खडग बहादुर बम्जन,कृष्ण तिमलसिना,अमर आले,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमलसिना, प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडी,एमाले चन्द्रपुर नगर कमिटिका पुर्व कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारी,जिल्ला कमिटि सदस्य साबित्री कुश्वार एमाले अगुवा नेताहरु माधब कुइकेल,गोबिन्द बख्रेल,टंक प्रसाद दाहाल,दिनेश मैनाली लगायतले आ आफनो धारणा राख्नुभएको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिबालय सदस्य तथा वार्ड इन्चिार्ज चिरन्जीबी गौतमले जानकारी दिनुभएको छ ।कार्यक्रम नेकपा एमाले चन्द्रपुर ५ का वार्ड कमिटि अध्यक्ष किशोर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । वार्ड स्तरीय जनभेला चन्द्रपुर १ मा पनि भब्य रुपमा सम्पन्न भएको चन्द्रपुर नगरपालिका वार्ड नं. १ का वार्ड कमिटि अध्यक्ष संदिप श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसैबिच नेकपा एमालेको वार्ड स्तरीय जनभेला रौतहटका अधिकांश वार्डहरुमा सम्पन्न भएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका सचिब बाबुराम दाहालले जानकारी दिनुभएको छ । आउदो कार्तिक २५ गते रौतहटको १८ वटै स्थानिय तहमा नगर स्तरीभेला हुने समेत उहाले जानकारी दिनुभयो । पार्टीको ११ औ महाअधिवेशनलाइ भब्य रुपमा सफल बनाउनको लागी पार्टीले आयोजना गरेको नगरभेला र जिल्ला भेलामा ब्यापक जनसहभागिताको लागी तयारी भइरहेको समेत सचिब दाहालले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here