चन्द्रोदय साकोसको आयोजनामा २ सय २३ जना महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण

0
107

चन्द्रपुर,२७ कार्तिक
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज भएको निशुल्क स्वास्थ्य शिबिरमा २ सय २३ जना महिलाहरुले आफनो स्वास्थ्य परिक्षण गराएका छन ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुको प्रजनन रुग्णता सम्बन्धि निशुल्क जाँदा तथा अप्रेसनको लागी छनौट शिविर“ कार्यक्रममा महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
शिबिर चन्द्रपुर–५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सम्पन्न भएको थियो । शिबिरको उदघाटन गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यस्ताखाले शिबिरबाट लाभ लिन आग्रह गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख काफ्लेले नगरपालिकाले पनि यस्ता कार्यगर्नेहरुलाइ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
उदघाटन सत्रको कार्यक्रममा रौतहट बचत संघका अध्यक्ष बिभु पोखरेल,चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा.सुवास चौधरी,चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डा.अभिनन्दन श्रीवास्तव,प्राविधिक सहयोगी संस्थाका कार्यक्रम संयोजक हरिहर उप्रेती,नेपाल पत्रकार महासंघ रौतहट सभापति संजय कार्की लगायतले शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नव बिकास साकोसका अध्यक्ष राजेन्द्र तिवारी,स्वस्तिक साकोस अध्यक्ष नरेन्द्र राना,एकीकृत साकोस अध्यक्ष कृष्ण खड्का बिन्दबासिनी साकोस सचिब राजेन्द्र तिमल्सिना, पत्रकार बालबिक्रम कार्की रमेश तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोग र चन्द्रनिगाहपुर अस्पतालको समन्वयमा शिबिर सम्पन्न भएको आयोजक चन्द्रोदय साकोसका अध्यक्ष बसन्त कुमार आचार्यले जानकारी दिनुभएको छ । शिबिरमा २ सय २३ जना महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण र एकजनाका अपरेशन गर्नुपर्ने देखिएको समेत अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । शिविरको प्राविधिक टिमलाई संस्थाका अध्यक्ष आचार्यले प्रशंसापत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको उदघाटन सत्रको संचालन संस्थाका उपाध्यक्ष रामशरण गौतमले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here