महिलाहरुको लागी १२ दिने डकर्मी तालिम सम्पन्न

0
58

चन्द्रपुर, १८ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ चन्द्रनिगाहपुरका गरिब बिपन्न परिवारका महिलाहरुको लागी १२ दिने डकर्मी तालिम आज बिहीबार सम्पन्न भएको छ । स्टयार्डड च्यार्टस बैकको आर्थिक सहयोग र राष्ट्रिय अपांग पुर्नस्थापना समाज अनामनगर काठमाण्डौको आयोजनामा सो तालिम गत मंसिर १७ बाट शुरु भएको थियो ।
तालिमको समापन कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रबि राना मगरल यस्ता किसिमका तालिमहरु अझ लामो समय सम्म चलाएर महिलाहरुलाइ पुर्ण स्वरोजगार बनाउनु पर्ने धारणा राख्नुभएको छ । यस्ता किसिमका तालिमले मानिसहरुलाइ स्वोरोजगार बनाउने हुदा अन्य किसिमका प्राबिधिक तालिमहरु पनि संचालन गर्नुपर्ने वार्ड अध्यक्ष मगरले बताउनु भएको छ । तालिम लिइसकेपछि कामलाइ निरन्तर गर्न र सदुपयोग गर्न समेत सहभागिहरुलाइ वार्ड अध्यक्ष रानाले आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय अपांग पुर्नस्थापना समाज अनामनगर काठमाण्डौका उपाध्यक्ष सुगम भट्टराईले १२ दिने तालिमबाट सिकेका कुराहरुलाई निरन्तरता दिएर काम गरेर देखाउन आग्रह गर्नुभएको छ । महिला दिदि बहिनीहरुलाइ स्वरोजगार बनाउने उदेश्यले आफनो संस्थाले देशका बिभिन्न पालिकाहरुमा यस्ता किसिमका तालिमहरु दिदै आएको र स्वरोजगार समेत बनाएको उपाध्यक्ष भट्टराईले बताउनु भयो ।
डकर्मी तालिममा १० जनालाइ १० दिने तालिम र २० जनालाइ २ दिने बितिय ब्यबस्थापन दिएको समेत उहाले जानकारी दिनुभएको छ ।
संस्थाका ब्यबस्थापक कुमार संजेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. ४ का सदस्य द्धय प्रेमा तिमलसिना, साबित्री कुश्वार, प्रशिक्षक शम्भु ठाकुर लगायतको सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुले चन्द्रनिगाहपुरको बिभिन्न स्थानमा गएर घर बनाउने डकर्मीको काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here