चन्द्रपुर,२४ मंसिर
रौतहट क्षेत्र नम्बर ४ का प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराईले बुधवार रौतहटको बृन्दावन नगरपालिकामा करिब साडे ४ किलोमिटर कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ । भौतिक पुर्वाधार मन्त्रालयको आयोजनामा १२ करोड ७८ लाखको लागतमा निमार्ण हुने उक्त सडकको प्रदेश सभा सदस्य भट्टराईले आजबाट शिलान्यास गर्नुभएको हो ।
वृन्दावन नगरपालिकाको वार्ड नं. ३,४ र ५ अन्र्तरगत पर्ने विश्रामपुर, बेनौली, नरकटिया र हर्दिया गाउँहरूलाई जोड्ने सडकको दुबै साइड नाला सहितको कालोपत्रे सडक निर्माण कार्य अगाडी बढेको प्रदेश सभा सदस्य भट्टराईले बताउनु भयो ।
प्रदेश सभा सदस्य भट्टराईले सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज र सुरक्षित यातायात सुविधा पाउने तथा दीर्घकालीन रूपमा बाटो हिलाम्मे र धुलाम्मे हुने समस्या समाधान हुने अपेक्षा बताउनु भएको छ ।
नागरिकका आधारभुत आवश्यकतालाइ मध्यनजर गदै आफुले बिकाशका योजनाहरु बनाउने गरेको उहाँको भनाइ छ । शिलान्यास कार्यक्रममा संबिधान सभा सदस्य देवेन्द्र पटेल, वृन्दावन नगरपालिकाका पूर्व मेयर राम स्नेही यादव, मेयरका प्रत्याशी प्रेमशंकर यादव, रामप्रसाद पटेल लगायतको सहभागिता रहेको थियो । गाउमा नाला सहितको कालोपत्रे सडक बन्ने भएपछि स्थानिय हर्षित भएका छन ।






