चन्द्रपुर,२५ मंसिर
रौतहटको गुजरा नगरपालिका वार्ड नं. ३ सिम्रीमा किसानहरुको लागी बायोचार निमार्ण र प्रयोग सम्बन्धी एक दिने दिइएको छ ।
तालिमको सहजीकरण राष्ट्रिय माटो बिज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्री प्रसाद बिष्टले गर्नुभएको थियो ।
तालिममा केन्द्रका प्रमुख बिष्टले बायोचारलाई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिएकाले गुणस्तरीय बायोचार उत्पादन हुनसके यसबाट तत्कालीन र दीर्घकालीन फाइदा लिन सकिने बताउनु भएको छ ।
बायोचार बनाउँदा प्रयोग गरिने भुस, झारपात, काठको धुलो आदि उपयोगी प्रयोजनमा नआएको हुनु पर्ने बिष्टले बताउनु भएको छ । वनस्पतिजन्य फोहोर वा खेर जाने पदार्थ मात्र बायोचार बनाउन उपयोगी हुने बिष्टले जानकारी दिनुभयो ।
बायोचारले माटोको गुणस्तर सुधार गर्न उत्प्रेरकको भूमिका खेल्ने र एकपटक हालेको बायोचारले दशकौंसम्म काम गरिरहने हुनाले मलजस्तो बर्सेनि हाल्नु नपर्ने उहाले जानकारी दिनुभएको छ ।
उहाले स्थानियले बायोचार बनाउने तरिका बारे प्रयोग गरेर देखाउनु भएको थियो । कार्यक्रममा किसानहरुले बायोचार बनाउने बिधि र तरिका बारे गम्भीर चासो दिएका थिए ।
उक्त कार्यक्रममा गुजरा नगरपालिका कृषि शाखा का सुरेश चौधरी र पशु सेवा शाखा का सुरेन्द्र पंडित ज्यू हेफर इन्टरनेशनल नेपालका डाक्टर प्रबिण सिंह, रोसन सन्जेल ,जनकल्याण युवा समितिका कार्यक्रम संयोजक निर्मला सुबेदी , सामुदायिक सहजकर्ताहरु महेन्द्र माझी र प्रदिप चौधरी र जेटिए मोहन थापा को सक्रिय उपस्थित रहेको थियो ।
गुजरा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जनकल्याण युवा समितिको आयोजनामा सन्चालित कृषि तथा पशु विकास मा आधारित साना किसान तथा यूवा उध्मशिलता साझेदारी कार्यक्रम अन्तर्गत उक्त तालिम सम्पन्न भएको हो ।
सो सिम्री गाउमा जलवायु मैत्री नमुना बाख्रा गाउँ बनाउने अभियान को लागि यस्तो किसिमको संचालन गरिएको जनकल्याण युवा समितिका कार्यक्रम संयोजक निर्मला सुबेदीले जानकारी दिनुभएको छ ।






