चन्द्रपुर,३ पुस
रौतहटको चन्द्रनिगाहपुरमा जलवायु परिर्वतन र बिपत ब्यबस्थापन सम्बन्धी बिद्यमान स्थानिय निति,कार्य र खाडलहरुबारे बहु सरोकारवालाहरु संग संबाद कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको समन्वयमा आरडिसी नेपालको आयोजनामा र अक्सफाम नेपालको सहयोगमा बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा उक्त संबाद कार्यक्रम सम्पन्न भएको हो ।
जलवायु जोखिम तथा संकटासन्नताको लागी सामुदायिक उत्थानशिलता परियोजना अन्र्तरगत चन्द्रपुर नगरपालिकाका सरोकारवालाहरु संग संबाद कार्यक्रम सम्पन्न गरेको आयोजक संस्था आरडिसी नेपालकी उपाध्यक्ष ममता कुमारी झाले जानकारी दिनुभएको छ ।
देशमा बढदो जलवायु परिर्वतनको कारण देखिएका समस्याहरुको न्युनिकरण गर्नको लागी यस्ता कार्यक्रमले प्रभाबकारी भुमिका निर्वाह गर्ने उपाध्यक्ष झाले बताउनु भयो ।
संबाद कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर उप प्रमुख जयमाला चौधरीले जलबायु परिर्वतनले पार्न सक्ने असर र त्यसको असरलाइ रोक्ने उदेश्यले चन्द्रपुर नगरपालिकाले बिभिन्न नितिहरु बनाएको र बन्ने क्रममा रहेको जानकारी दिनुभएको छ । उक्त कार्यक्रमको अध्यक्षता समेत गर्नुभएकी उप प्रमुख चौधरीले जलवायु परिर्वतनको कारण बालीनालीमा नया रोग तथा किराहरुको प्रकोप बढिरहेको बताउनु भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत श्रीवास्तब,चन्द्रपुर ५ का वार्ड अध्यक्ष निलहरी कोइराला,वार्ड नं. ६ का वार्ड अध्यक्ष सहदेब केसी,वार्ड नं. १० का वार्ड अध्यक्ष टंकेश्वर चौधरी,सामुदायिक वन उपभोक्ता महासंघ रौतहटकी महासचिब प्रेमा तिमलसिना,चन्द्रपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल तथा बिभिन्न शाखाका प्रमुखहरुले आ आफनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक बिमल घिमिरे र समी कुबरले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा कानुन ब्यबसायी,पत्रकार,डिभिजन वन कार्यालयका कर्मचारी,चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि,बिभिन्न शाखाका कर्मचारी,आरडिसी नेपालका पदाधिकारीहरु लगायतको सहभागिता रहेको आरडिसी नेपालकी फिल्ड सुपरभाइजर ज्योति फ्यालले जानकारी दिनुभएको छ । कार्यक्रम चन्द्रपुर नगरपालिकाकी रोजगार शाखाकी प्रमुख शान्ता तिमलसिनाको संचालनमा सम्पन्न भएको थियो ।






