चन्द्रपुर,७ पुष
आगलागी नियन्त्रणको लागी रौतहटका सामुदायिक वन उपभोक्ता समुहहरुलाई एक संस्थाले अग्नी नियन्त्रण समाग्री हस्तान्तरण गरेको छ । आज सोमबार रौतहटको चन्द्रनिगाहपुरमा ग्रामिण बिकाश केन्द्र नामक संस्थाले रौतहटको ११ वटा सामुदायिक वन उपभोक्ता समुहहरुलाइ अग्नी नियन्त्रणको लागी समाग्री हस्तान्तरण गरेको हो ।
जलवायु जोखिम तथा संकटासन्ताको लागी सामुदायिक उत्थानशिल परियोजना अन्र्तरगत अक्सफाम नेपालको सहयोगमा रौतहटका ११ वटा सामुदायिक वन उपभोक्ता समुहहरुलाइ आगो नियन्त्रणको लागी समाग्री हस्तान्तरण गरेको आयोजक संस्था ग्रामिण बिकाश केन्द्रका अध्यक्ष डा.पारस हुसेनले जानकारी दिनुभएको छ ।
समाग्री हस्तान्तरण गदै अध्यक्ष हुसेनले प्रदान गरिएका समाग्रीहरुको सही सदुपयोग गरी सामुदायिक वनहरुमा लाग्न सक्ने आगो निभाउन सहयोग पुग्ने विश्वास गरेको बताउनुभयो ।
प्रत्येक सामुदायिक वन उपभोक्ता समुहहरुलाइ वनमा लागेको आगो निभाउन सहयोग पुग्ने बेल्चा,टर्च,भ्याटभ्याटे,रेक,बाल्टीन,हेल्मेट,पंजा,ट्रक पेटीको करिब ५० हजार मुल्य बराबरको समान हस्तान्तरण गरेको जलवायु जोखिम तथा संकटासन्ताको लागी सामुदायिक उत्थानशिल परियोजनाका कार्यक्रम संयोजक चिरन्जीबी महत्तोले जानकारी दिनुभयो ।
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. १ मा रहेको प्रगतिशिल महिला सामुदायिक वन उपभोक्ता समुह,चन्द्रपुर २ मा रहेको ममता सामुदायिक वन उपभोक्ता समुह,हरियाली सामुदायिक वन उपभोक्ता समुह,सखुवानी सामुदायिक वन उपभोक्ता समुह,चन्द्रपुर ३ मा रहेको कालापानी सामुदायिक वन उपभोक्ता समुह,नमोबुद्ध सामुदायिक वन उपभोक्ता समुह,आर्दश सामुदायिक वन उपभोक्ता समुह,वार्ड नं. ४ मा रहेको जनएकता सामुदायिक वन उभपोक्ता समुह र गुजरा २ मा रहेको सिद्देश्वर सामुदायिक वन उपभोक्ता समुहलाइ सो समाग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक महत्तोले जानकारी दिनुभयो ।
समाग्री बुझदै सखुवानी सामुदायीक वन उपभोक्ता समुह चन्द्रपुर २ का अध्यक्ष भिम बहादुर केसीले आफनो वनक्षेत्रमा लागेको आगो नियन्त्रण गर्न यस किसिमको समाग्रीले ठुलो सहयोग गर्ने बताउनु भएको छ । हरेक बर्ष आगलागीले वनमा रोपको बिरुवाहरु नष्ट हुदै आएको अबस्थामा यस्ता किसिमको समाग्रीले आगो नियन्त्रण गर्न राहत पुग्ने अध्यक्ष केसीले बताउनुभयो ।
अक्सफाम नेपालको सहयोगमा ग्रामिण बिकाश केन्द्रले जलवायु जोखिम तथा संकटासन्ताको लागी सामुदायिक उत्थानशिल परियोजना अन्र्तरगत रौतहटको यि बिभिन्न १५ वटा सामुदायिक वनहरुमा बृक्षारोपण गरेको फिल्ड सुपरिवेक्षक ज्योति फुयालले जानकारी दिनुभएको छ । समाग्री हस्तान्तरण कार्यक्रममा ग्रामिण बिकाश केन्द्रका अध्यक्ष डा.पारस हुसेन,उपाध्यक्ष ममता कुमारी झा,बिभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरु लगायतकाहरुको सहभागिता रहेको थियो ।
चैत्र बैशाखमा सामुदायिक वनहरुमा लाग्न सक्ने आगो नियन्त्रणको लागी अहिले नै पुर्व तयारीको रुपमा समाग्री हस्तान्तरण गरेको फिल्ड सुपरिवेक्षक फुयालले बताउनु भएको छ । रौतहटमा आगलागीको कारण सामुदायिक वनहरुमा बिरुवा मासिने क्रम बढेको छ ।






