अत्यधिक चिसो बढेपछि गौरका सम्पुर्ण बिद्यालयहरु बन्द

0
98

गौर,७ पुष
बिगत चार दिन देखी बढेको चिसोको कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरीका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा आउदो शुक्रबार सम्मको लागी बिदा दिएको छ ।
आज सोमबार गौर नगरपालिकाले सुचना जारी गर्दै भोली पुष ८ गतेदेखी आउदो पुष ११ गते सम्मको लागी बिद्यालयमा बिदा दिएको हो ।
केही दिन देखी अत्यधिक चिसो बढेको कारण बिद्यालयहरुमा पठनपाठन कार्यमा असहजता भई बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाइ मध्यनजर गदै गौर नगर क्षेत्रभरीका सम्पुर्ण बिद्यालयहरुमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास कुमार ठाकुरले जानकारी दिनुभएको छ ।
बर्षे बिदाबाट कट्टा हुनेगरी बिद्यालयहरुमा बिदा दिइएको समेत उहाले जानकारी दिनुभयो । केही दिन देखी बढेको शितलहर र चिसोका कारण रौतहटको जनजिवन प्रभाबित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here