बिषेश महाधिवेशनमा सहभागि नहुन रौतहट जिल्ला सभापति यादबको आग्रह

0
58

गौर,२५ पुस
नेपाली कांग्रेस रौतहट जिल्ला समितिले बिषेश महाधिवेशन पार्टीको हित बिपरित भएको जनाएको छ । नेपाली कांग्रेस रौतहट जिल्ला कार्य समिति रौतहटले आज शुक्रबार प्रेस बिज्ञप्ती जारी गदै यस्तो जनाएको हो । वर्तमान संवेदनशील परिस्थितिमा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हित विपरीत भएको नेपाली कांग्रेस रौतहट जिल्ला सभापति सुनिल कुमार यादबद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
बिज्ञप्तीमा भनिएको ‘नेपाली काङ्ग्रेसले पार्टीको विधानअनुसार १५ औं महाधिवेशनको मिति (२०८३ वैशाख २८–३१) तोकिसकेको र नियमित महाधिवेशनको आवश्यक प्रक्रिया अघि बढिसकेको अवस्थामा अवैधानिक ढङ्गबाट आव्हान गरिएको विशेष महाधिवेशन वैधानिक हुन सक्दैन’ ।
नेपाली काङ्ग्रेस पार्टी नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहर भएको र वर्तमान समयमा पनि नेपाली काङ्ग्रेस नै देशको सबैभन्दा ठुलो लोकतान्त्रिक शक्ति भएको अबस्थामा आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने जिम्मेवारी समेत भएको हुदा विषेश महाधिवेशन पार्टीको हित बिपरित रहेको उक्त बिज्ञप्तीमा जनाइएको छ ।
‘यस कार्यले पार्टीलाई विभाजनतर्फ उन्मुख गर्ने सम्भावना रहेको हुँदा सो भेलामा भाग नलिन तथा आसन्न माघ ११ गते हुने राष्ट्रिय सभासदस्य निर्वाचन तथा फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुट्न जिल्लाका सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत जिल्लाका विभिन्न तहका नेताहरुलाइ आवहन गर्दछ’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here