मेरो उमेदवारीले दलित समुदायका लागि आशा र उत्साहको क्षण बनेको छ — राष्ट्रिय सभा सदस्य उमेदवार पासवान

0
469

रौतहट,२४ पुष
आउदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागी रौतहटका धर्मेन्द्र पासवानले दलित कलष्टरबाट उमेदवारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट मधेश प्रदेशको दलित कलस्टरमा पासवालले उमेदवारी दर्ता गराउनु भएको हो । नेपाली कांग्रेस पार्टीबाट लामो समय देखि राजनिति गर्नुभएका पासवानको राष्ट्रिय सभा सदस्यको यात्रा निश्चित जस्तै छ । राजनीतिमा सक्रिय रौतहटका नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आफ्नो जीवन राजनीति र जनसेवामा समर्पित गर्दै आएको बताउनु भएको छ ।
रौतहट परोहा नगरपालिका वार्ड नं. ३ निवासी पासवानले राजनीति शास्त्रमा स्नातक (बी.ए.) अध्ययन गर्नुभएको छ । उहाँ २०५२ सालदेखि नेपाली कांग्रेसको क्रियाशील राजनीतिमा आबद्ध रहँदै आउनुभएको हो । लोकतन्त्र र सामाजिक न्यायका लागि भएको आन्दोलनका क्रममा २०४२ साल र २०६२ सालमा प्रहरी हिरासतमा बसेको उहाले बताउनु भयो ।
साधारण परिवारमा जन्मिएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गरेको पासवानको धारणा छ ।यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हक–अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफुलाइ संघर्षरत बनाएको उहाँले बताउनुभयो ।
पासवानले बिभिन्न गैर सरकारी संस्था मार्फत समाजसेवामा उल्लेखनीय योगदान पु¥याएको कदरस्वरूप अन्तर्राष्ट्रिय स्तरका समाजसेवा पुरस्कार तीन पटक प्राप्त गरिसक्नुभएको छ। हाल उहाँ केन्द्रीय दलित संघको महासचिवको जिम्मेवारीमा रहेर दलित समुदायका मुद्दा राष्ट्रिय राजनीतिमा सशक्त रूपमा उठाउँदै आउनुभएको छ ।
दलित समुदायको हक र अधिकारको लागी आफु निरन्तर लागि परेको भएतापनि भनेको जस्तो उपलब्धी पाउन भने नसकेको उहाँको गुनासो छ । दलित समुदायको आर्थिक समाजिक बिकाशको लागी अझै पनि निस्वार्थ भएर लडिरहने समेत पासवालले प्रतिबद्धता जनाउनु भएको छ । ठुला ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उमेदवारी दिएको कारण पनि आफुले निर्वाचन जित्ने बताउदै पासवालले राष्ट्रिय सभा भित्र गएर पनि दलित समुदायको उत्थानको लागी आवाज उठाइरहने समेत बताउनु भएको छ ।
नेपाली कांग्रेसभित्र संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा दलित समुदायको राजनीतिक सशक्तीकरणमा सक्रिय भूमिका निर्वाह गदै आएको सबैलाइ थाहा नै भएको उहाँको भनाइ छ ।
आज प्राप्त अवसरलाई आफुले व्यक्तिगत उपलब्धिभन्दा पनि दलित समुदायका लागि आशा र उत्साहको क्षणका रूपमा लिनुभएको पासवानले बताउनु भयो ।
५४ वर्षको उमेरमा महत्वपूर्ण राजनीतिक अवसर प्राप्त गर्दासमेत उहाँको जीवनशैली सरल, अनुशासित र जनमुखी नै रहेको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार बिभाग प्रमुख नितेश कुमार गुप्ताले बताउनु भयो ।
‘आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी’ उहाँको पहिचान नै बनेको गुप्ताले बताउनुभयो ।राजनीतिक यात्रामा अनेक उतार–चढाव र चुनौतीहरू सामना गरे पनि पासवान कहिल्यै आफ्नो मूल उद्देश्यबाट विचलित र आज प्राप्त अवसरलाई उहाँ व्यक्तिगत उपलब्धिभन्दा पनि दलित समुदायका लागि आशा र उत्साहको क्षणका रूपमा लिनुभएको प्रचार बिभिाग प्रमुख गुप्ताको भनाइ छ ।
हिजो बुधबार मधेश प्रदेशको राजधानी जनकपुरमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मधेस प्रदेशमा दलित समूहबाट धर्मेन्द्र पासमान,अल्पसंख्यक समूहबाट रञ्जित कर्ण र नेकपा एमालेको तर्फबाट मधेशी महिला समुहबाट रेखा झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here