रिटर्नी फेडेरेसनको मधेश प्रदेश अध्यक्षमा श्रेष्ठ

0
575

चन्द्रपुर – नेकपा एमालेको कान्छो जन संगठन रिटर्नी फेडेरेसन नेपाल मधेश प्रदेशको अध्यक्षमा दिपक कुमार श्रेष्ठ चयन भएका छन । फेडेरेशनको शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा खिन बहादुर कार्की,प्रतिमा बिक, सचिबमा बिनोद कुमार कार्की,सहसचिबमा राम शरण राम,कोषाध्यक्षमा उमेश खडका र सदस्यहरुमा गोमा सापकोटा,विदुर खडका लगायतका रहेका छन । फेडेरेशनका केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्य,फेडेरेशनका केन्द्रिय सदस्य खेम कार्की, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तुला बहादुर प्रधान लगायतको सहभागिता रहेको थियो । युवा नेता तुला बहादुर प्रधानको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले नेतृत्व चयन गरेको थियो ।
उक्त कार्यक्रमको उदघाटन सत्र फेडेरेशनका मधेश प्रदेशका कमिटिका संयोजक रुद्र खतिवडाको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here