वाड अध्यक्ष फुटबल कपको फाइनल खेल भोली

0
217

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको वाड स्तरीय वाड अध्यक्ष फुटबल कपको फाइनल खेल भोली सोमबार हुदैछ । भोलीको फाइनल खेल वाड नंं. ३ र वाड नं. ५ बिच हुने आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरले जानकारी दिएका छन । चन्द्रपुरको १० वटै वाडका १० वटा टिम खेलमा सहभागी थिए । गत फागुण १८ गतेबाट शुरु भएको उक्त खेलमा चन्द्रपुर वाड नं. ५ ले वाड नं. २ लाइ ट्राइबेकरमा हराएर फाइनलमा आएको हो भने वाड नं. ३ ले वाड नं. ६ को टिमलाइ हराएर फाइनलमा आएको वाड अध्यक्ष रानाले जानकारी दिएका छन । दुबै खेल रोचक बनेको थियो । भोली हुने खेलमा पनि कडा प्रधिस्पर्धा हुने उनले जानकारी दिए । यस खेलमा बिजेता टिमलाइ नगद ३० हजार र उपबिजेता टिमलाइ नगद २० हजार र उत्कृष्ठ खेलाडीलाइ नगद ५ हजार पुरस्कार दिने वाड अध्यक्ष रानाले बताए । बिजेता र उपबिजेता टिम तथा खेलाडीहरु चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेको पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here