“जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता आरम्भ,पहिलो खेलमा सिन्धुरेघारी बिजयी

0
96

चन्द्रपुर,२३ बैशाख
नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल! कप रौतहट जिल्ला अन्तर कलेज त् २० कृकेट प्रतियोगिताको उद्घाटन चन्द्रपुर८ बेतौना स्थित कोटिहोम कृकेट मैदानमा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस रौतहट विद्यार्थी विभाग प्रमुख श्यामहरि चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियोे। कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकर, नेपाली काङ्ग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिस्र, नेपाली काङ्ग्रेस मधेस प्रदेश प्रवक्ता सुर्य बहादुर थापा सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता ,चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्ले ,माधवनारायण नगरपालिका प्रमुख बैजु यादव चन्द्रपुर नगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र चौधरी वडा नं ९ का अध्यक्ष नवराज देवकोटा वडा नं ५ का अध्यक्ष निलहरि कोइराला वडा नं ७ का अध्यक्ष विस्णु उप्रेती वडा नं ६ का अध्यक्ष सहदेव केसी वडा नं १ का अध्यक्ष बलराम राउत लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।आज भएको उद्घाटन खेलमा लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुर र सिदुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर बिचमा भएको थियोे।जसमा टस जितेर ब्याटिङ रोजेको लक्ष्मी श्री बहुमुखी क्याम्पसले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै कुल ९३ रन जोड्न सफल भएको थियो।जसमा टिम क्याप्टेन सञ्जय साहले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए।जवाफी ब्याटिङमा उत्रेको सिधुरेघारी बहुमुखी क्याम्पसले १९.१ ओभरमा ५ विकेटको क्षेतिमा लक्ष्य पूरा गरेका थिए।सिधुरेघारी बहुमुखी क्याम्पसका लागि आदित्य खड्काले सर्वाधिक २४ रन जोड्न सफल भएका थिए।उक्त खेलमा सिधुरेघारी बहुमुखी क्याम्पसका कप्तान राजेस यादव म्यान अफ द म्याचको उपाधी पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here