स्रोत नखुलेको ११ लाख ४७ हजार रकम सहित एकजना पक्राउ

0
119

चन्द्रपुर,२६ मंसिर
रौतहट प्रहरीले आज शुक्रबार स्रोत नखुलेको ११ लाख ४७ हजार नगद रकम सहित एकजनालाइ पक्राउ गरेको छ ।
प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रकम सहित बारा सिम्रौनगड नगरपालिका वार्ड नं. ११ भवानीपुका ३६ बर्षिय मुन्ना जयसवाललाइ पक्राउ गरेको हो ।
आज बिहान मौलापुर नगरपालिका वार्ड नं. ३ लाल बकैया बाध स्थितमा खटिएको प्रहरी चेकिङ टोलिले चेकजाच गर्नै क्रममा हरनैयाबाट देवाही तर्फ जादै गरेको म.प्र.–०३–०३३प ३११० न.को मो.सा.को लेगाडमा झोलामा राखेको नगद रु.११ लाख ४७ हजार नगद रुपैया सहित जैसवाललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
स्रोत नखुलेको रकम सहित पक्राउ परेका जैसवाललाई नियण्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक बस्यालले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here