रौतहट—४ मा भगतको सर्मथन धमलालाई

0
230

रौतहट,२० फागुण
रौतहट क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन अर्थात बुधबार प्रगतिशील लोकतान्त्रिक पार्टीका उमेदवारले र आम जनता पार्टीका उमेदवारलाइ सघाउने सहमति भएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उमेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई सघाउने सहमती गरेको हो ।
रौतहट क्षेत्र नं. ४ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगत निष्क्रिय रही आम जनता पार्टीका उम्मेदवार ऋषि धमलालाई निस्वार्थ रूपमा सहयोग गरी जिताउने दुवै पार्टीबाट सर्वसम्मत रूपमा निर्णय भएको आम जनता पार्टीका स्थायी कमिटि सदस्य बालकृष्ण सापकोटाले जानकारी दिएका छन ।
उक्त सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार स्वयम् सत्यनारायण भगत र आम जनता पार्टीको तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन । सहमतिले पार्टीभित्र थप उत्साह थपेको स्थायी कमिटि सदस्य सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here