रौतहट,२२ फागुण
बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको रौतहट क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उमेदवार गणेश पौडेलले अग्रता लिएका छन ।
पछिल्लो मत परिणाम अनुसार तिन हजार ६९ मत गणना हुदा रास्वपाका उमेदवार पौडेलले एक हजार ९ सय ८ मत प्राप्त गरेका छन ।
यस्तै नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले पाच सय ३६ मत,नेकपाका उमेदवार रामकुमार भट्टराईले तिन सय ७९ मत,एमालेका उमेदवार रामजी साहले ६९ मत,जसपाका उमेदवार राजकुमार दासले १२ मत,जनमतका कल्याण राउतले १५ मत आजपाका ऋषि धमलाले ६ मत ल्याएका छन ।
हाल सम्म सो क्षेत्रको गढीमाइ नगरपालिका वार्ड नं.१ र ९ को मत गणना भइसकेको रौतहट क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत उद्धब ढोडारीले जानकारी दिए ।अहिले चन्द्रपुर नगरपालिका वार्ड नं. १ को बाक्सा खोलिएको समेत उनले बताए । अन्य तिन वटा क्षेत्रको मतगणना भएको छैन ।






