चोरीको मोटरसाइकल बरामद गरी धनिलाइ हस्तान्तरण

0
589


चन्द्रपुर । ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट जिल्लामा फेला परेको छ। यहीँ असोज ३० गते दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली राधाकृष्ण चोकमा पार्किङ गरी राखेको प्रदेश ३ –०२–०१४ प ०६४७ नम्बरको निलो कालो रंगको २२० सिसिको बजाज कम्पनीको पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले चन्द्रनिगाहपुरबाट फेला पारेर मोटरसाइकल धनी भोजपुरका आशिष लकान्द्रीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले मोटरसाइकल धनी लकान्द्रीलाई बुझाएकी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट चन्द्रनिगाहापुरको चेक पोईन्टमा ३० गते रातिनै ११ बजेको ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा फेला सो मोटरसाइकल फेला परेको प्रहरी निरीक्षक कठायतले जानकारी दिइन्। उनका अनुसार मोटरसाइकलमा चोर ट्राफिक प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए। चोरी भए लगत्तै प्रहरी वृत्त सातदोबाटो ललितपूरमा निवेदन दिएका लकान्द्रीले आफुले हराएको २४ घण्टा भित्रै मोटरसाइकल पुनः प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीलाई विशेष धन्यवाद दिए । ललितपुर देखि रौतहटसम्म आइपुग्दा धेरै स्थानहरुमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरीको चेक पोइन्ट भएपनि ती सबै स्थानहरू छलेर चोरीको मोटरसाइकल रौतहटसम्म कसरी आइपुग्यो चासोको विषय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here