चन्द्रपुर – रौतहटको चन्द्रपुर र वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुका लागि प्रारम्भिक प्रशिक्षण तेस्रो मोड्यूलको तालिम आज चन्द्रपुरको होटल हिमालयनमा शुरु भएको छ ।
स्वीस सरकार विकास सहयोग एस.डी.सी. तथा अष्ट्रेलियन एड को आर्थिक सहयोग तथा क्ष्ँभ्क् नेपालको प्राविधिक सहयोग र माण्डवी रौतहटको आयोजना सँचालित शी लिडस परियोजना अन्तर्गत चन्द्रपुर र वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरु लाई नेतृत्व क्षमता, सीपको विकास सम्बन्धि ४ दिने तालिम आज शुरु भएको हो । स्थानीय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चाहिने सीप र ज्ञान प्रदान गर्ने, आत्मविश्वास बढाउन,लैङ्गिक सामानता प्रवद्धन तथा लैङ्गिक सामानतालाई संरक्षण गर्ने उदेश्यले ४ दिने तेस्रो मोड्युलको तालिम सँचालन गरिएको परियोजनाको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो । यसअघि पहिलो र दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षणमा सहभागी भइसकेका चन्द्रपुर र वृन्दावन नगरपालिका महिला जनप्रतिनिधिहरुलाई तेस्रो मोड्युलको तालिममा प्रशिक्षकहरुले सहभागीहरुलाई समूहकार्य, बैठकको योजना र व्यवस्थापन ,स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनवाइ ,संजालिकरण,संचार माध्यम सँग सहकार्य,विकास ,समुदाय परिचालन र व्यक्तिगत विकासका लक्ष्य तथा कार्ययोजनाको विषयमा समेत जानकारी गराएको प्रशिक्षक पुनम ठाकुरले बताए ।
शी लिड्स परियोजना रौतहट जिल्लाका गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका,वृन्दावन नगरपालिका, बौधीमाई नगरपालिकाहरुमा सँचालित छन् । हाल सम्म यस परियोजना अन्तर्गत माण्डवीले तेस्रो मोडयुलको तालिम बौधीमाई,गरुडा,गढीमाई र गौर नगरपालिका गरी ४ वटा नगरपालिकामा सम्पन्न गरि सकेको अनुगमन अधिकृत दासले जानकारी गराउनु भएको थियो ।स्थानीय तहमा महिला वडा सदस्यहरु तथा महिला कार्यपालिका सदस्यहरुको भुमिकाहरु, क्षमता विकास,आत्मविश्वास बढाउने उदेश्यले सो तालिमको आयोजना गरिएको प्रशिक्षक सँवय कुमार यादवले जानकारी दिए । तालिम कार्तिक ०१ गते देखि ०४ कार्तिक सम्म चलेनेछ । तालिमको व्यवस्थापन तथा सहजिकरण माण्डवीका सामा जिक परिचालक सुरेन्द्र यादव गरिरहेका छन ।