स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

0
1553

चन्द्रपुर – रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन । पत्रकार समेत रहेका काफलेले मंगलबार साझ होटल एएन प्लाजाबाट एक कार्यक्रमका बिच योजना पत्र सार्वजनिक गरेका हुन । सोच बदलौ,भोट बदलौ भन्ने मुल नाराका साथ स्वतन्त्र उमेदवार काफलेले आफना बिभिन्न योजनाहरु सहित योजना पत्र सार्वजनिक गरेका छन । स्वतन्त्र उमेदवार काफलेका योजनाहरु यस्ता छन ः
— कुनै व्यक्ति विशेष र पार्टीको मात्र नभई आमजनताले चुनेको,सबै जनमानसले बिश्वास गरेको जनप्रतिनिधि भई कार्य गर्नको लागि
— यस क्षेत्रमा हुने र सक्ने सम्मको विकाशको काम दीर्घकालीन योजना र भिजन यहाँका स्थानीयवासीहरुले चाहे अनुरुप नै गर्न र गराउनको लागि
— मौलिक र बहुसांस्कृतिक पहिचान पुनर्जागृत गर्नका लागि
— प्राकृतिक सम्पदा एबम् धार्मिक पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने १
— भ्रष्टाचारमा सुन्य सहनशीलताको नीति अबलम्बन गर्ने १
– आफ्नो क्षेत्र विकास अन्तर्गतको योजनाको काम गर्न स्थानीय उपभोक्ताले योजना किन्नु नपर्ने १
— योजनाको काम बापत पीसी रकम लिने दिने प्रवृत्तिको अन्त्य गर्ने ।
— हरेक बिकास निर्माणका कार्यहरु र समस्याहरु यहाँका १३ वडाका वडावासी कै रोहबरमा गर्न र गराउने।
— रोजगारीको अबसर सृजना गर्नका लागि आत्मनिर्भर बनाउन आफ्नो सांसद विकास कोष मार्फत वार्षिक योजना निर्माण गर्ने ।
— हरेक क्षेत्रमा युवालाई प्राथमिकतामा राखी स्थानीय स्तर मै रोजगारी सिर्जनाका वातावरण मिलाउनको लागि विशेष योजना बनाउने ।
— युवा शक्तिलाई विदेश पलायन हुनबाट जोगाउदै स्थानीय स्तरमै सीप अनुसारको रोजगारीको व्यवस्था सिर्जना गर्न आवश्यक नीति बनाउने ।
— कृषि र सिचाईको लागि विशेष प्याकेजको कार्यक्रम स्थानीय सरकारसंग समन्वय गरी योजना तर्जुमा गर्ने ।
— अव्यवस्थित हाट बजारहरुलाई व्यवस्थित गरी बिजमार्टको रूपमा रूपान्तरण गर्न ।
— सार्वजनिक एबम् पर्यटकीय स्थलमा फ्री इंटरनेट जडान गरी प्रविधि मैत्री बनाउन ।
— खेलकुदको कार्यक्रमलाई प्रोत्साहन र प्रवद्र्धन गरी गोल्डकप आयोजना गर्न बजेट छुट्याउने । र महिला फुटबल खेलाडी लक्षित कार्यक्रमको लागि विशेष योजना तय गर्ने लक्ष्य लिएको छु ।
— मठ मन्दिर ,गुम्बा, चर्च, मस्जिद आदिको संरक्षण र प्रवद्र्धनका लागि — ( सामुदायीक विद्यालयहरुको शिक्षा गुणस्तर एबम् पूर्वाधारको विकाशमा विशेष जोड दिनेछु ।

— चन्द्रपुर चोकमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्न अत्यन्तै आवश्यक रहेको हुँदा पहिलो प्राथमिकतामा राखेको छु।
— प्रदेश सरकारसंग जेष्ठ नागरिक र अपाङ्गमैत्री जनप्रेमी कार्यक्रमको लागि संसदमा आवाज उठाउनेछू ।
— स्थानीय सरकार संग समन्वय गरी काम गर्नेछु ।
— स्थानीय सरकारको विकाशको काममा थप विकासको कार्य गर्ने योजना बनाएको छु ।
— सडक सुरक्षाका लागि आवश्यक स्थानहरूमा हाई पोल पावर लाइट बत्ती राखी सहज गरिने छ।
— चन्द्रपुरमा रहेको तीनकुने चोकको स्वरूप परिवर्तन गरी आधुनिक बनाउन विशेष पहलकदमी हुनेछ ।
— प्रदेश सरकारले बनाउने सडक सँगै नाला र निकासको गुरु योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।

— नागरिक लगानी कोषको स्थापना गरी सहज सेवा प्रदान गर्नको लागी
— स्थाई बसोबास रहेका दलित एबम् ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने।
— सिपमुलक तथा आयमुलक का
र्यक्रम मार्फत क्षमता अभिवद्धि गर्न ।
— जनता आवासको कार्यक्रममा वास्तविक लक्षित समुदायको मात्र हातमा पारी गुणस्तरीय काम गर्न गराउनको लागि ।
— उद्योग वाणिज्य संघ, यातायात मजदुर संघ, साना मझौला तथा तिनपाङ्रे यातायात संघ सँग पनि समन्वय गर्दै सांसद विकाश कोषको बजेट मार्फत योजना राख्ने ।
— मधेश प्रदेशको भोग्नु परेको सेटिङ र कमिसनको ट्याग अन्त्य गरी नमुना क्षेत्रको रूपमा विकास गरिने छ ।
— तिनै तहको सरकारसंग समन्वय गरी काम गरिनेछ ।
— बल्लेरी टोलमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी युवाहरुलाई आत्मनिर्भर बनाइने छ ।
— ऐतिहासिक र पुरातात्विक महत्व बोकेको विश्रामपुरमा संग्रालय निर्माण गरिने छ ।
— प्रदेश सरकारको तर्फबाट यस क्षेत्रको विभिन्न वडाहरुमा विकाश र निर्माणको कार्य छुट र छायाँमा परेका स्थानहरूलाई विशेष महत्व दिने ।
— सरकारी विद्यालयहरु सुदृढिकरण गरी प्राविधिक एवं गुणस्तरीय शिक्षामा प्राथमिकता दिने ।
— सरकारी अस्पतालमा चैबिसै घण्टा स्तरीय इमर्जेन्सी सेवाको विस्तारका साथै सुविधा सम्पन्न ट्रमा अस्पतालको रूपमा स्तरउन्नती गरी प्रदान गरिने सेवामा उच्च सुधार गर्न ।
— कृषिलाई प्रमुख प्राथमिकतामा राखी विषयगत कृषि उत्पादन र पशुपालनको लागि उत्साहित गर्न विशेष कार्यक्रम र व्यवस्थापन गर्न ।
— मल अभावको पीडा सहँदै आएका यहाँका किसानहरुलाई आवश्यक मल खाद र बीउ विजन अभाव हुन दिईने छैन ।
( बेरोजगारी समस्या समाधानको लागि उत्पादन मुलक लघु उद्यम स्वरोजगार अभियान सञ्चालन गरिने छ ।
— सुन्दरता र आर्थिक वृद्धिका लागि पर्यटनको विकास गरिने छ ।
— पानी नपुगेको ठाउँमा व्यवस्थित ओभरहेड ट्याङ्कीबाट शुद्ध खाने पानी वितरण गर्न बजेट विनियोजन गरिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here