चुनावका लागि भारतले दियाे २ सय वटा गाडी उपहार

0
539

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने चुनावमा प्रयोग गर्न भारतले नेपाललाई दुई सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।

आज मङ्गलवार अर्थ मन्त्रालयमा भएकाे कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप दुई सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । 

गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप दुई सय वटा गाडी दिएको बताउनुभयो । उपहार दिएका गाडीमध्ये एक सयय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा अर्थ मन्त्री शर्माले चुनावका लागि गाडी सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here