रौतहट क्षेत्र नं. ३ क का स्वतन्त्र उमेदवार बदरुदिनको प्रतिबद्धता पत्र सार्वजनिक, यस्ता छन उनका ६ वटा पकेट क्षेत्र ( प्रतिबद्धता पत्रको पुर्ण पाठ सहित)

0
535

चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ३ क को लागी स्वतन्त्र प्रदेश सभा उमेदवार बदरुदिन अरमानभाइले आफनो प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गरेका छन । शुक्रबार चन्द्रनिगाहपुरको एएन प्लाजामा उनले आफनो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन । प्रतिबद्धता पत्र सार्वजनिक गर्दै स्वतन्त्र उमेदवार अरमानभाइले उम्मेदवारहरुको छनौट गर्दा आम क्षेत्रवासी न्यायप्रेमी मतदाताहरुले मतदान गर्दा प्रदेश सरकारको महत्वलाई आत्मसात गर्ने व्यक्ति र धान्न सक्ने सक्षम व्यक्ति व्यक्तित्वको चयन गर्न आग्रह गरेका छन । आफुलाइ एक पटक सेवा गर्ने मौका दिनको लागी आ–आफ्नो विवेक प्रयोग गरी चुनाव चिन्ह प्रेसर कुकर मा मतदान गरी बिजय गराई दिन हुन उनले अपिल गरे । आफुले यो निर्वाचन जितीसकेपछि जंगल क्षेत्रका गाउँहरू कोठियार मेरा, धौचा सिम्रि, बलुवा, गुटवा र भैसही गाउँहरुलाई बाख्रा गाउँ (क्mबचत न्यबत ख्ष्ििबनभ) प्रवेश सरकारबाट घोषणा गराउने , क्षेत्रका गाउँहरु सितलपुर मेवा टेङ्गहा, गैरगनिया र सन्तपुर गाउँहरुलाई माछा गाउँ (क्mबचत ँष्कज ख्ष्ििबनभ) घोषणा गराउने लक्ष्य लिएको स्वतन्त्र उमेदवार अरमानभाइले बताए ।
यस्तै दुधियावा, राङ्गी कटानी, हिमाली पास, पेटभरवा, जगंलसैया, पोखरीना खुसुकपुरलाई दुध गाउँ ( क्mबचत ःष्पि ख्ष्ििबनभ) घोषणा गराउने , गर्जा, कनकपुर, लछमीपुर, रंगपुर मनहरवा, परसवा, भवानीपुर, पल्टुल, खतवहीया, दयालपुर अमतावा, बेदैली जयराजपुर, सिमरा जुगौलिया, पिपरा गाउँलाई धान गाउँ (क्mबचत च्ष्अभ ख्ष्ििबनभ) गराउने लक्ष्य रहने उनको प्रतिबछता पत्रमा उल्लेख गरेका छन । त्यसैगरी बिजयपुर, लक्ष्मीनिया, बडहरवा, अकबनवा, फतुवा, हरिहरपुर ईस्लामपुर र बुनीयाद गाउँहरुलाई मकै गाउँ (क्mबचत ःबष्शभ ख्ष्ििबनभ) घोषणा गराउने, भसेडवा, खोर, झौवा, पिपरा, रामदासी, खैरा गाउँहरुलाई तरकारी ’गाउँ (क्mबचत ख्भनभतबदभि ख्ष्ििबनभ) घोषणा उनले बताए ।
यस्तै किसानहरुलाई बेलैमा मल र बिज उपलब्ध गराउन हरदम पहलकदमी गर्ने,सिपमुलक तालिमको व्यवस्था गरी युवासाथीहरुलाई रोजगारीको व्यवस्था,समाजमा रहेको सबै खाले विभेद र छुवाछुतको अन्त गर्ने, आधुनिक स्वच्छ हराभरा शहर र बस्ती निर्माण कार्यमा हरदम अगाडी सर्ने उनले बताए ।
सबैका लागि गुणस्तरिय शिक्षा र स्वास्थ्यमा सेवा प्रदान गर्ने, कृषिको आधुनिकरण, यान्त्रिकिकरण र व्यवस्थायीकरण गर्ने, भुमी सम्बन्धि समस्याको समाधान गर्ने,सडक, नाला, पुल लगायत भौतिक पुर्वाधार विकास निर्माण गर्ने,कार्यका योजनाहरु दुत्र गतिमा संचालन गर्ने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । पूर्ण समानुपातिक समावेशी नेतृत्व कायम गराउनेछु ।
सिचाई नपुगेका खेतहरुमा कृषि बिजुली मिटरको व्यवस्था गराउने, गाउँ–गाउँमा सामाजिक सद्भाव सहित सामाजिक न्याय कायम गराउने,अन्नदाता किसानहरुलाई वार्षिक पुरस्कार सहित सम्मान गर्ने, मिटर ब्याजी लगायत सबैखाले शोषण दमन र अत्याचारको विरुद्ध लडि रहने, जनता आवास कार्यक्रम प्रभावकारी रुपमा क्षेत्रमा कार्यान्वयन गर्ने,आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि हरदम प्रमुख भुमिकामा खेल्ने, प्रदेशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउदै समाजवादको बाटोमा अगाडी बढने समेत स्वतन्त्र उमेदवार अरमानभाइले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here