जनता जर्नादन हुन,जुन हाम्रो पक्षमा छ— संघिय संसदका उमेदवार रेग्मी

0
699

चन्द्रपुर- रौतहट क्षेत्र नं. ४ का संघिय संसदका लागी नेकपा एमालेका उमेदवार उद्धब प्रसाद रेग्मीले जनता जर्नादन हुन जुन नेकपा एमाले र जसपाको पक्षमा भएको बताएका छन । रौतहटको बृन्दावन नगरपालिका वाड नं. ७ धमौरामा घरदैलो कार्यक्रममा उमेदवार रेग्मीले यस्तो बताएका हुन । रौतहट क्षेत्र नम्बर ४ मा जनताको जनलहर नेकपा एमाले र जसपमा भएको कारण पनि आउदो मंसिर ४ गते हुने निर्वाचनमा हाम्रो गठबन्धनका उमेदवारलाइ जित्न कसैले पनि रोक्न नसक्ने रेग्मीले बताए । रौतहट क्षेत्र नं. ४ ख मा जसपाका प्रदेश सभा सदस्यको लागी अब्दुल कलाम आजाद उमेदवार छ । शनिबार आजाद र रेग्मी दुबै जनाले सो क्षेत्रको घरदैलो गरेका थिए । घरदैलो गर्नेक्रममा मतदाताहरुबाट हौसला पाएको बताए । आउदो निर्वाचनमा क्षेत्र नम्बर ४ को क मा सघिय संसदमा सुर्य र प्रदेश सभा सदस्यमा छाता छापमा मतदान गर्न उमेदवार रेग्मीले अपिल समेत गरेका छन । यस्तै क्षेत्र नं. ४ कै क मा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा दुबै ठाउमा सुर्यमा मतदान गर्न उनले बताए । देशको बिकाश गर्ने पार्टी नै नेकपा एमाले र जनताको हितमा काम गर्ने पार्टी नै नेकपा एमाले भएको कारण पनि आम मतदाता मिलेर नेकपा एमालेलाइ जिताउने रेग्मीले आग्रह गरेका छन । गत २०७४ सालको प्रदेश सभा सदस्यमा सोही क्षेत्रबाट चुनाब जितेका आजादले यस बर्ष पनि आफनो जित सुनिश्चित भएको बताएका छन । बिगत लामो समय देखी नै जनताको काम गदै आइरहेको हुदा पनि जनताको आफु प्रति अपार माया र सदभाब रहेको आजादले बताए । भोली आइतबार बिहान बृन्दावन नगरपालिका वाड नं. ९ भुसाहामा घरदैलो कार्यक्रम रहेको जसपा नेता राजकुमार दासले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here