Saturday, June 22, 2024

रौतहट क्षेत्र नम्बर १ मा बढयो एमालेको क्रेज

ताजा / भरखरै प्राप्त

गौर- रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एमालेको क्रेज बढेको छ । सो क्षेत्रका संघिय संसदका उमेदवार अजय कुमार गुप्ता र क्षेत्र नं. १ का क प्रदेश सभा सदस्य उमेदवार राजकिशोर यादबलाइ जिताउनको लागी स्थानिय युवाहरुले आफनो शरिर भरी नै एमालेको चुनाब चिन्ह सुर्यको ट्याटु बनाएर प्रचार गर्न थालेका छन । निस्वार्थ भएर स्थानिय युवाहरुको एमाले प्रति क्रेज बढेको अनेरास्वबियुका केन्द्रिय सदस्य रबि मिश्रले जानकारी दिएका छन । ति युवाहरु आफु खुशी आफनो शरिरमा एमालेको चुनाब चिन्ह सुर्यको ट्याटु बनाएको प्रचार प्रसार अभियानमा हिडेको युवा नेता मिश्रले बताए । अहिले आएर नेकपा एमाले प्रति क्षेत्र नम्बर १ मा ह्वातै जनमास बढेको उनले बताए । संघिय संसदका उमेदवार गुप्ता गौर नगरपालिकाका पुर्व नगर प्रमुख हुन । उनी सो क्षेत्रमा लोकप्रिय छन । सोही क्षेत्रमा नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल पनि संघिय संसदमा उठेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles