Thursday, April 25, 2024

जनताले दिएको विश्वास र आशालाइ म मर्न दिने छैन— एमाले उमेदवार रेग्मी

ताजा / भरखरै प्राप्त

चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ का संघिय संसदका उमेदवार उद्धब प्रसाद रेग्मीले घरदैलोे तथा भेटघाटको क्रममा जनताहरुले देखाउनु विश्वास र आशालाइ कहिले पनि मर्न नदिने बताएका छन । सोमबार रौतहटको गरुडा नगरपालिकाको बिभिन्न वाडहरुको घरदैलो कार्यक्रममा एमाले उमेदवार रेग्मीले यस्तो बताएका हुन । घरदैलोको क्रममा जनताले देखाएको माया, ममता, स्नेह, सद्भाव तथा न्यानोपनको लागि हृदय देखी नै आभारी रहेको रेग्मीले बताए । आम जनताको उत्साहबाट नेकपा एमालेको जित सुनिश्चित बन्दै गएको रेग्मीले बताए । तपाईहरुले हामी माथि देखाउनु भएको विश्वास तथा आशालाई कदापी निराशामा परिणत हुन दिन्नौ भन्दै रेग्मीले जनताको अपार माया सदैब रहने समेत बताए । आउने मंसिर ४ गतेको निर्वाचनमा आम मतदाताहरुलाइ नेकपा एमालेको चुनाब चिन्ह सुर्यमा मतदान गर्न समेत आग्रह गरेका छ ।
घरदैलो कार्यक्रममा नेकपा एमाले र जसपा गठबन्धनका रौतहट क्षेत्र नम्बर ४ ख का उमेदवार अब्दुल कलाम आजादले घरदेलो अभियानबाट देखिएको जनताको हौसालाले जितको लागी झन मजबुत बन्दै गएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles