गरुडा÷नेपाली काङ्ग्रेसका रौतहट जिल्ला सभापति एवं गठबन्धनबाट क्षेत्र ३ ख मा प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका सुनिल यादवले प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल सहित हाम्रो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ मा घरदैलो कार्यक्रम गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै जिल्ला सभापति यादवले ५० हजार बढी मतले विजयी हुने दाबी गरेका छन्।
यादवले जनतासँग विनम्र भई मत माग्नु पर्छ तर केही आफुलाइ नेता भनौदाहरुले धाकधम्की देखाइ मत मागिरहेकाले जनता आक्रोशित भएको बताएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले संगै घरदैलो कार्यक्रमलाई अहिले तिव्रता दिरहेका छन् ।प्रदेश सांसदका दुबै उम्मेदवार सुनिल यादव र नागेन्द्र यादवले स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाई नै साथ दिईरहेका छन् । स्वतन्त्र उम्मेदवार जयसवाल संगै कांग्रेस नेता सुनिल यादव र नेकपा एसका नेता नागेन्द्र यादव मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् । आफनो पक्षमा अहिले मत मागिरहेका छन् ।निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा जयसवाल र प्रदेश सांसदमा आफुहरु नै निर्वाचित हुने प्रदेश सांसदका उम्मेदवार नागेन्द्र यादवले बताएका छन् । संघीय सांसदमा ओम प्रकाश जयसवाल र क मा आफनो तथा ख को प्रदेश सांसदमा जितेन्द्र यादवको जित चाहेर पनि कसैले रोक्न नसक्ने प्रदेश सांसदका उम्मेदवार यादवले ठोकुवा गरे ।आफुहरुको पक्षमा गठबन्धनका सबै दल र गठबन्धन बाहिरका पनि दलको ठुलो साथ र सहयोग रहेकोले तिनै जनाको जित सुनिश्चित नै रहेको उनले दावी गरे । घरदैलोको क्रममा उनले प्रतिनिधिसभामा जयसवाल र क को प्रदेश सांसदमा आफूलाई तथा ख को प्रदेश सांसदमा जितेन्द्र यादवलाई निर्वाचित गराउन आम मतदातालाई आग्रह गरेका छन् ।बिधायक उम्मेदवार यादव अहिले चुनावी एजेण्डा सहित मतदाता भेटघाटका लागि गाउँगाउँमा अहिले पुगिरहेका छन् । महत्वाकांक्षी योजना सुनाउँदै वहाँहरू मतदाता रिझाउन यतिखेर निकै व्यस्त रहेको देखिन्छ ।आईतवार फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ४ ,५, ६ र नम्बर वडाको टेंग्राहा,सन्तपुर,पेटभरवा र रामदासीमा घरदैलो गरेको थियो ।