Sunday, May 19, 2024

करिब ७ लाख मुल्य बराबरको अबैध चिनी र खाद्य बरामद

ताजा / भरखरै प्राप्त

गौर – र्रौतहट प्रहरीले नेपाल भारत सिमा क्षेत्रबाट करिब ७ सात लाख मुल्य बराबरको चिनी र रसाइनिक मल बरामद गरेको छ । सीमा वारीपारीको कारोवार गर्ने तस्करहरु ले भारतीय बजार घोडासहानबाट ल्याएर भण्डारण गरिएको अवस्थामा १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालयको टोली र प्रहरी चौकी मठियाको संयुक्त टोलीले रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ४ लतमरी स्थित सीमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल भित्राएको करिव ७ लाख मूल्य बराबरको चिनी र रासायनीक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले बताए ।
बरामद गरिएको ६ लाख ९८ हजार मूल्य बराबरको चिनी र डिएपी रासायनिक मल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइए छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles