गरुडा – रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको पूर्व मेयर तथा जसपाका पूर्व जिल्ला अध्यक्ष पद त्यागेका धर्मेन्द्र प्रसाद पटेल रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार प्रभु साहको शरणमा पुगेका छन । पूर्व मेयर पटेलले गत मंगलबार एमाले र जसपाको अबैधानिक गठबन्धनलाई विरोध गर्दै साधारण सदस्य समेत नरहने गरि जिल्ला अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।