चन्द्रपुर – रौतहटको क्षेत्र नम्बर ४ क अन्र्तरगत पर्ने बृन्दावन नगरपालिका वाड नम्बर १ रमौलीमा बिभिन्न पार्टी परित्याग गर्नेको लर्को लागेको छ । आइतबार बिहान एक कार्यक्रमका बिच दुइ दर्जन भन्दा बढी नेकपा माओबादी,नेपाली कांग्रेस र नेकपा एस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
नब प्रवेशीहरुलाइ नेकपा एमाले क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश चौधरी,पार्टीका मधेश प्रदेश उप सचिब तथा प्रदेशका समानुपातिक उमेदवार आरती भण्डारी,एमाले नेता खडग बहादुर बम्जन,नौतम पोखरेल लगायतले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा माओबादीबाट बुटाइ राउत,जोगिन्द्र राउत,राजन पटेल,मन्जु राउत,कांग्रेसबाट दशै यादब,नागेन्द्र राय यादब,बिरेन्द्र यादब,जोगेन्द्र यादब,नेकपा एसबाट भोला पटेल,गान्धी पटेल,मेधु पटेल,अजय पटेल,गगनदेब साह,नबल किशोर पटेल,राम सिंहासन पटेल लागायतका रहेको रौतहट क्षेत्र नम्बर ४ का युवा परिचालन कमिटिका संयोजक देबराज न्यौपानेले जानकारी दिए ।
शनिबार पनि क्षेत्र नम्बर ४ को क अन्र्तरगत चन्द्रपुर नगरपालिका वाड नं. २ का नेपाली कांग्रेसका पुराना नेता,राम लखन चौधरी लगायत र वाड नं. ५ का नुरराज काफले लगायतकाहरु कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
यसैबिच रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले आइतबार चन्द्रपुर २ जुडिबेलाको घरदैलो गर्ने कार्यक्रम रहेको छ ।