चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ असनवाका युवाहरुले देउसी खेलेको पैसाले आफनो गाउमा बत्ति बालेर झिलिमिली बनाएका छन । स्थानिय युवाहरुले तिहारमा देउसी खेलेर उठेको पैसा र टोल बिकाश संस्थाको केही रकमले असनवा गाउको हरेक पोल पोलमा बिजुली बत्ति हालेका छन । आफ्नो गाउ आफै बनाउ कुनै नेता र पार्टि को भर नपरौ भन्ने मुल नारा को साथ यो काम गरेको स्थानिय युवा कृष्ण ढुंगेलले बताए ।सक्रिय युवाहरुले शनिबार आफनो गाउ आफै सरसफाइ गरौ भन्दै सरसफाइ कार्यक्रम पनि गरेका छन । प्रहरी चौकी देखी पुलामीटोल जानेबाटो सम्म सडकको दुबै तर्फका रुखहरु काटेको तथा घारी फाडने काम गरेको ढुंगेलले जानकारी दिए ।नेताहरुको आश नगरी युवाहरु आफै स्वतस्र्फुत रुपमा आफनो गाउलाइ सफा र सुन्दर बनाउने अभियानमा युवाहरु लागी परेको उनले बताए ।