रौतहटमा ६५ प्रतिशत मत खस्यो

0
539

गौर -आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचन रौतहटमा शान्तीपूर्णरुपमा समपन्न भएको छ ।
रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । बिहान ७ बजे शुरु भएको मतदानमा स्थानियको सहभागीता यस अघिको स्थानिय तहको निर्वाचन भन्दा कम देखिएको छ । स्थानिय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधि र प्रदेश सभाका लागी ६५ प्रतिशत मात्र मतदान भएको छ ।
जिल्ला भरी सुरक्षाकर्मीको बाक्लो उपस्थीतीका कारण कतै पनि अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निर्वाचनमा अवरोध हुन नदिन रौतहटको गुजरा र गरुडा नगरपालिकामा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । छिटफुट वादविवाद बाहेक जिल्लामा शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । मतदान केन्द्रहरुबाट सुरक्षित रुपमा मतगणना स्थलमा मतपेटीका ल्याने क्रम जारी रहेको उनले बताए ।
निर्वाचन सुरक्षाका लागी जिल्लाभरी करीब ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
रौतहटका ४ वटै क्षेत्रमा मतगणना आजै राति बाट शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । चारवटै निर्वाचन अधिकृतको कार्यलयमा मतपेटिकाहरु ढुवानी भए पश्चात सर्वदलिय बैठक गरेर आजै रातिबाट मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here