Saturday, April 20, 2024

कांग्रेसबाट मधेश प्रदेशका मुख्यमन्त्री दाबेदार यादब बिजयी

ताजा / भरखरै प्राप्त

गौर – नेपाली कांग्रेसको तर्फबाट मभेश प्रदेशका मुख्यमन्त्रीका दाबेदार कृष्णा यादब बिजयी भएका छन । रौतहटको क्षेत्र नम्बर १ ख का लागि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गरेका छन् । विजयी यादव कांग्रेसको मधेस प्रदेश सभापति हुन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् । विजयी यादव भने दुई पटक कांग्रेसका रौतहट सभापति भइसकेका छन् । चार महिनाअघि जनकपुरमा सम्पन्न पार्टीको मधेस प्रदेशको सभापतिमा यादबले जितेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles