Thursday, April 25, 2024

रौतहट २ क मा एमालेका जैद आलम दोब्बर मतले बिजयी

ताजा / भरखरै प्राप्त

गौर – रौतहट क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार जैद आलम निर्वाचित भएका छन् । २५ वर्षीय जैद आलम यस अघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका जैद अहिले प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका हुन् । जैदले १३ हजार ५ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले ६ हजार ८ सय ७२ मत प्राप्त गरे । ६ हजार ६ सय ६० मतान्तरले विजयी भएका जैद पूर्वमन्त्री स्व. मुस्ताक आलमका छोरा हुन् । जित पछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस क्षेत्रको समृद्धि र आमूल परिवर्तनका लागी काम गर्ने बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles