सिभिल बैकद्धारा माबि जुडिबेलामा छात्रबृति रकम हस्तान्तरण

0
676

चन्द्रपुर – सिभिल बैक चन्द्रनिगाहपुर शाखाले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेलाकी एक छात्रालाइ छात्रबृति रकम हस्तान्तरण गरेको छ । बुधबार माबि जुडिबेलामा एक कार्यक्रम आयोजना गरी छात्रबृति रकम ५ हजार रुपैया माबि जुडिबेलाकी छात्रा त्रिदना चौधरीलाइ हस्तान्तरण गरेको हो । बैकको समाजिक कार्यक्रम अन्र्तरगत सो बिद्यालयकी कक्षा ९ मा अध्ययनरत छात्रा चौधरीलाइ ५ हजार रुपैया छात्रबृति कार्यक्रम अन्र्तरगत हस्तान्तरण गरेको सिभिल बैक चन्द्रनिगाहपुर शाखाका प्रबन्धक सुरज पौडेलले जानकारी दिएका छन । बैकको नियमित कार्यक्रम अन्र्तरगत यस्ता समाजिक कार्यहरुमा सहभागिता जनाउदै आएको प्रबन्धक पौडेलले बताए । कार्यक्रममा माबि जुडिबेलाका अध्यक्ष गणेश पाण्डेले यस्ता किसिमको पुरस्कारले बिद्यार्थीलाइ अध्ययन गर्न हौसला मिल्ने बताए । यसैगरी सोही बिद्यालयका प्रअ युगल किशोर कुमार सिहले यस्ता पुरस्कारले जेहेन्दार बिद्यार्थीलाइ अध्ययन गर्नको लागी सहयोग पुग्ने धारणा राखेका थिए । कार्यक्रममा सो बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु,सिभिल बैक चन्द्रनिगाहपुर शाखाका कर्मचारीहरु तथा माबि जुडिबेलाका शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here