चन्द्रपुर÷ नेकपा एमाले रौतहटकी नेतृ बिना देबी प्रतिनिधि सभा अन्र्तरगत समानुपातिक संसदमा चयन भएकी छिन । नेकपा एमालेले समानुपातिकतर्फका ३४ जना सांसदको नाम टुंगाउने क्रममा बिना देबीको पनि नाम छनौटमा परेको हो ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुंगो लगाएको हो। एमालेले खस आर्यबाट रघुजी पन्त र एकनाथ ढकालसहित ३४ जनाको नाम टुंगो लगाएको हो।
एमालेले सांसद बनाएको ढकाल नेपाल परिवार दलका अध्यक्षसमेत हुन्। विवादित पृष्ठभूमिका ढकाललाई सांसद बनाएको भन्दै एमालेका केही नेताहरुले विरोधसमेत जनाएका थिए।
तर, अध्यक्ष केपी शर्मा अोलीले उनको नाम सिफारिस गराएका हुन्। एमालेले २२ जना महिला र १२ जना पुरुषको नाम सिफारिस गरेको हो।
यी हुन् ३४ सांसद
आदिवासी जनजाति
१ देवीप्रसाद भट्टचन
२ हेमराज राई
३ कालुराम राई
४ नैनकला थापा मगर
५ सूर्यकुमारी श्रेष्ठ
६ उर्मिला थेवे
७ इश्वरी घर्ती
८ रणकुमारी बलम्पाकी मगर
९ शान्ति श्रेष्ठ
१० सरस्वती सुब्बा
खस आर्य
११ रघुजी पन्त
१२ एकनाथ ढकाल
१३ दयालबहादुर शाही
१४ मेनुकाकुमारी पोखरेल
१५ सरिता भुसाल
१६ सोभा ज्ञवाली
१७ विजुला रायमाझी
१८ निर्मला कोइराला
१९ सम्झना थपलिया
२० दिपा शर्मा
२१ सुनिता बराल
थारु महिला
२२ आश्माकुमारी चौधरी
२३ शान्ति चौधरी
दलित
२४ इश्वरबहादुर रिजाल ९विक०
२५ प्रभु हजारा दुसाध
२६ चन्द्रबहादुर विश्वकर्मा
२७ रुक्मणी राना बराइली
२८ हर्कमाया विश्वकर्मा
मधेशी
२९ गंगाप्रसाद यादव
३० अमृतलाल राजवंशी
३१ विना देवी
३२ अमृतादेवी अग्रहरी
३३ प्रतिक्षा तिवारी मुखिया
मुस्लिम
३४ सराज अहमद फारुकी





