चन्द्रपुर – रौतहट क्षेत्र नंं ३ बाट प्रतिनिधि सभा सदस्यमा चुनाब जितेका प्रभु साहले खोलेको आम जनता पार्टीले देशभरीका ७ वटै प्रदेश अध्यक्ष र इन्चार्ज तोकेको छ । बिहीबार राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गदै साहले पार्टी खोलेको घोषणा गरेका थिए । आम जनता पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठकबाट प्रभु साहको अध्यक्षतामा १५१ केन्द्रीय कमिटि गठन गरेको छ । सातै प्रदेश ईन्चार्ज, अध्यक्ष समेत चयन छ । प्रदेश १ मा अध्यक्ष हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, वागमती प्रदेशको अध्यक्षमा नाम्गेल मुक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्षमा राजन यादव मनोज र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा पर्मानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णाली प्रदेश अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदुर पश्चिम प्रदेश अध्यक्षमा केशवराय चौधरी र इन्चार्जमा कुण्डन कुशवाहा लाई चयन गरिएको नवगठित पार्टीका अध्यक्ष प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप राखिएको छ । साह सहित ३ जना स्वतन्त्र संसदले अहिलेको प्रचण्डको नेतृत्वमा भएको सरकारलाइ सर्मथन दिएको छ ।