चन्द्रपुरका हरेक स्वास्थ्य चौकीमा औषधी उपलब्ध— नगर प्रमुख काफले

0
604

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पताल सहित बिभिन्न स्वास्थ्य चौकीमा औषधीको पुर्ण रुपमा ब्यबस्था भएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सजय काफलेले जानकारी दिनुभएको छ ।
केही दिन अगाडी चन्द्रपुर नगर क्षेत्रका स्वास्थ्य चौकीमा औषधी नपुगेको गुनासो आएको थियो । नगरबासीबाट आएको गुनासोकै आधारमा तत्काल नेपाल सरकारले तोकेको निशुल्क पाइने औषधी अहिले चन्द्रपुर नगर क्षेत्रको हरेक स्वास्थ्य चौकीमा पठाएको नगर प्रमुख काफलेले जानकारी दिनुभएको छ ।
नगरबासीको स्वास्थ्य जस्तो संबेदनशिल कुरामा नगरपालिका आउदा दिहरुमा पनि गम्भीर भएर काम गर्ने नगर प्रमुख काफलेको भनाइ रहेको थियो । उत्तरी क्षेत्रको एकमात्र ठुलो सरकारी अस्पताल चन्द्रनिगाहपुर अस्पतालमा नेपाल सरकारले तोकेको निशुल्क प्रकारका औषधीहरु प्रयाप्त मात्रमा उपलब्ध गराएको चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि रानाले जानकारी दिनुभएको छ ।
यता गरुडा नगरपालिका अन्तर्गत पर्ने शिवनगर स्थित एक अस्पताललाई डिलेभरी बेड हस्तान्तरण गरिएको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले महम्मदपुर हेल्थपोस्ट शिवनगरलाई एक थान डिलेभरी बेड सहित स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन। डिलेवरी बेडको अभावमा गर्भवती महिलालाई प्रसुती सेवा दिन समस्या आएको अवस्थालाई मध्य नजर गदैँ मेयर जेसवालले आवश्यक परेको अवस्थामा थप बेड आपूर्ति गर्ने बताएका छन। शिव मन्दिर रहेको प्रख्यात ठाँउ शिवनगरमा उक्त अस्पताल रहेकोले महम्मदपुर हेल्थपोस्ट शिवनगरलाई सेवा सुबिधा सम्पन अस्पताल बनाउने योजना साथ कार्य अगाडि बढाउने मेयर जैसवालले बताए । अस्पताललाई चाहिने सम्पुर्ण समाग्री बेलाबेलामा उपलब्ध गराउने जिकिर समेत गरेका थिए। शिवनगर स्थित रहेको महम्मदपुर हेल्थपोस्टको अनुगमन तथा निरीक्षन गर्ने क्रममा धेरै जसो श्रोत साधनको अभाव देखिएको अवस्थामा अस्पतालको ईन्चार्ज कमोद यादवलाई आवश्यक पर्ने श्रोत साधन उपलब्ध गराउने मेयर जैसवालले बताए। नगर प्रमुख जैसवाल निर्वाचित हुँदा शिक्षा ,स्वास्थ्यलाई उच्च समानकासाथ ग्रहता दिएका छन ।निर्वाचित भएपछि उक्त अस्पतालमा निरिक्षणमा आउँदा अस्पतालको अवस्था निकै नै खराब एवम् लाथालिङ्ग अवस्था रहेको थियो ।निरिक्षणका क्रममा अस्पतालको शौचालय ,अस्पताल परिसरको फोहर र दुर्गन्धितले अस्पतालमा बस्नै खालको थिएन् ।सोहि अनुगमन क्रममा अस्पतालका कर्मचारीलाई सरसफाईमा ध्यान दिन र सेवा सुबिधामा ध्यान दिन निर्देशन दिएका थिए ।अहिले आएर उक्त हेल्थपोस्टको अवस्था निकै नै सुधार र वरिपरि सरसफाई रहेको नगर प्रमुख जैसवालले बताउनु भयो । डिलेभरि बेड हस्तान्तरण कार्यक्रममा गरुडा नगरपालिकाको वडा नम्बर–५ का वडा अध्यक्ष रामबिनोद साह, पुर्व मुखिया रामाकान्त राउत, मंजय मिश्र, अस्पतालका सम्पुर्ण कर्मचारी तथा स्थानिय भद्रभलादमिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here