रौतहट होटल ब्यबसायी संघको अध्यक्षमा राउत

0
603

चन्द्रपुर – रौतहटका होटल तथा पर्यटन ब्यबसायी हरुको बिशेष भेला बुधबार होटल तराई इन चपुरमा सम्पन्न भएको छ । रौतहटका होटल तथा पर्यटन ब्यबसायी हरुको विशेष भेला बाट होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटको अध्यक्षमा होटल आरोही र होटल पशुपतीका संचालक शिवराम राउत सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसगरी समितिको वरिष्ठ उपाध्यक्षमा होटल ए एन प्लाजाका संचालक अरविन्द चौधरी, उपाध्यक्षमा सगुन बेकरीका संचालक अमर श्रेष्ठ, महासचिवमा होटल हाईवे हेवनका संचालक मदन तिमल्सिना, सचिबमा होटल होलिडे ईनका संचालक यज्ञ थापा र कोषाध्यक्षमा गंगा स्टाप होटलका संचालिका गंगा खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघका निवर्तमान अध्यक्ष अरुण लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेस प्रदेशका अध्यक्ष श्री हिरालाल गौतम प्रमुख आतिथि रहनुभएको थियो । कार्यक्रममा सल्लाहकार श्री युवराज लामा, बरिष्ठ उपाध्यक्ष उदय सापकोटा, महासचिव मोहन शर्मा हान मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्री मोहन प्रधानको उपस्थीती रहेको थियो । प्रमुख अतिथी हिरालाल गौतमले जिल्ला संघका साथीहरु राम्रो संग संगठित भएर कार्य गर्दै अघि बढन र होटलका हरेक समस्या समाधानको लागी प्रदेश महासंघ हातेमालो गर्न सदैव तयार रहेको बताउनु भयो । होटल तथा पर्यटन ब्यबसायी हरुलाई आफ्नो ब्यबसाय ब्यस्थित ढंगले संचालन गर्न आबश्यक तालिम एवं सहकार्यको लागि महासंघ तयार रहेको समेत उहाले बताउनुभएको छ । यस्तै राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा वरिष्ठ चलचित्र एवं पर्यटनर्की यूवराज लामाले संगठनको महत्व बारे जानकारी दिनुभएको थियो । उक्त भेलाले संघका निवर्तमान अध्यक्ष अरुण लामा लाई बिशेष धन्यवाद दिदै संघको संरक्षक सल्लाहकारमा होटल ब्यबसायी संघ रौतहटका संस्थापक अध्यक्ष उदय सापकोटालाइ सर्वसम्मत चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here