गौर – नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको भेला बुधबार रौतहटको गौरमा सम्पन्न भएको छ । उक्त भेलाले नेकपा एमालेका युवा नेता मुना यादवको संयोजकत्वमा ३१ सदस्य अधिबेशन आयोजक कमिटी गठन गरेको छ । समितिको सह संयोजकमा ओम प्रकाश साह रहेका छन । भेलामा संघकी केन्द्रिय उपाअध्यक्ष सिता सुबेदी, नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रत्यासी उमेदवार तथा गौर नगरपालिकका पुर्व नगर प्रमुख अजय गुप्ता,पार्टीकी केन्द्रिय सदस्य रेखा झा, मधेश प्रदेश कमिटिकी उप सचिब आरती भण्डारी लगायतको उपस्थीती रहेको थियो । आफुले पाएको जिम्मेबारीलाइ गहनताका साथ निर्वाह गर्ने संयोजक मुन्ना यादबले बताएका छन ।