जुमाबिमा चाडै नै डिजिटल प्रविधिबाट कक्षा संचालन — नगर प्रमुख साह

0
559

गौर – रौतहट सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा आधुनिक पठनपाठनको व्यवस्था गर्ने नगर प्रमुख शम्भु साहले घोषणा गरेका छन्। देशको चौथो विद्यालयको रुपमा रहेको ऐतिहासिक विद्यालयमा डिजिटल प्रविधिबाट कक्षा संचालनको व्यवस्था गरिने नगर प्रमुख साहले घोषणा गरेका हुन । विद्यालयको ८३ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै नगर प्रमुख साहले विद्यालयमा प्रयोगात्मक कक्षालाई व्यवस्थित बनाइने तथा अतिरिक्त पाठ्यक्रम पनि लागू गरिने बताएका छन्।जिल्लाको मुख्य शैक्षिक केन्द्रको रुपमा रहेको जुद्ध माध्यमिक विद्यालयको गरिमालाई बढाउन निर्माणाधीन छात्रावासलाई पुनः सुचारु गरिने बताएका छन्।जुद्ध माविमा नै पढेका नगर प्रमुख साह केही वर्ष विद्यालयको व्यवस्थापन समिति अध्यक्षको रुपमा रही व्यापक सुधार गरेका थिए। केही वर्षदेखि शैक्षिक तथा भौतिक क्षेत्रमा धराशायी बन्दै गएको जुद्ध माविमा नगर प्रमुख साहको घोषणापछि सुधार आउने अपेक्षा गरिएको छ। नगर प्रमुख बनेदेखि नै साहले गौरको सामुदायिक शिक्षामा व्यापक सुधारको अभियान सुरु गरेका छन्। जिल्लाको पहिलो पूर्ण डिजिटल प्रविधिको विद्यालयको रुपमा जुमाविको मान बढाउन आफू तयार रहेको नगर प्रमुख साहको भनाइ छ । नगर प्रमुख साह गौर नगर क्षेत्रको शिक्षा क्षेत्रको बिकाशको लागी हरेक बिद्यालय पुग्ने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here