Saturday, June 22, 2024

नेता साह एमाले मै फर्किए,एमाले अध्यक्ष ओलीले गरे स्वागत

ताजा / भरखरै प्राप्त

गरुडा – गत स्थानिय निर्वाचनमा नेकपा एमाले छाडेर नेकपा एकिकृत समाजबादी पार्टीमा प्रवेश गरेका गरुडाका गरुडाका रामजी साह फेरी नेकपा एमाले मै फर्किएका छन ।
नेकपा एमालेले कन्थमणी जयसवाललाइ गरुडा नगरपालिकाको नगर प्रमुखमा टिकट दिएपछि नेकपा एस पार्टीमा गएका नेता साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट मै गएर नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन । गत सोमबार नेकपा एमाले अध्यक्ष ओली निवास पुगेका साहले आत्मसमिक्षा गदै आफनै पुरानो घर फर्किएको बताएका छन ।
उनलाइ अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेका थिए । गल्तीले बाटो बिराएको बताउदै नेता साहले अब नेकपा एमालेको इमान्दार कार्यकर्ता भएर काम गरेर बस्ने बताएका छन । २०५२ साल देखी पार्टीको बिभिन्न तह तप्कामा रहेर काम गदै आएको उनले बताए । अब पनि आउदा दिनमा नेकपा एमाले पार्टीको इमान्दार कार्यकर्ता भएर पार्टीको हितमा काम गर्ने उनले बताए ।
नेकपा एमाले अध्यक्ष ओलीले पार्टीमा दत्तचित्त भएर लाग्न उनललाइ निदर्नेशन दिएका छन । उक्त कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका सह इन्र्चाज सुमन प्याकुरेल, नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी, संघिय संसद बिना साह,गरुडा नगरपालिलका वाड नं. ५ का वाड अध्यक्ष रामबाबु चौधरी युवा संघका केन्द्रिय सदस्य ईश्वर प्रधान लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles